सभापति लामाको हरेक चुनौतीमा साथ दिन्छु: आनन्दराम पराजुली
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न निर्वाचनमा सभापतिका उम्मेदवार आनन्दराम पराजुलीले नवनिर्वाचित बुद्ध लामाको कार्यकालमा आउने जस्तो सुकै चुनौतीमा आफ्नो साथ रहने प्रतिवद्धता जनाएका छन् । निर्वाचन समितिबाट नवनिर्वाचित सभापतिलाई प्रमाणपत्र हस्तान्तरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पराजुलीले आफु सभापति नभएपनि सभापतिमा विजयी भएका लामाको हरेक चुनौतीमा सँधै साथ दिने बताए ।
‘यो कांग्रेसको निर्वाचन हो, प्रजातान्त्रिक अभ्यास पनि हो, म सभापति नभएपनि मलाई अमूल्य मत दिएर न्याय प्रदान गर्ने तमाम कार्यकर्तालाई हरेक दुःखमा मेरो साथ रहने छ’ उनले भने । जिल्लाका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा बोल्दै पराजुलीले लामालाई चुनौती र जिम्मेवारी रहेको बताउँदै जुनसुकै परिस्थितिमा हरदम साथ दिने बताए । उनले आफु सभापति नभएपनि कांग्रेसजनको हितमा काम गर्ने बताए ।
