बागमती प्रदेशसभाको बैठक फागुन २९ गतेका लागि आह्वान
मकवानपुर । बागमती प्रदेशसभा बैठक आह्वान गरिएको छ । बैठक यही फागुन २९ गते बस्ने गरी आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयले बुधबार दिउँसो एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो ।
करिव साढे दुई महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक पुनः आह्वान गरिएको हो । यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित भएको जनाएको थियो । फागुन १६ गतेका लागि आह्वान गरिएको बैठकमा पनि एमालेको अवरोध कायम रहने देखिएपछि बैठक स्थगित भएको थियो । प्रदेशसभा बैठक गत पुस ८ गतेदेखि बस्न सकेको छैन ।
