निर्वाचन आयोग : मतदाता नामावलीको त्रुटि सच्याउन फागुन २६ गतेसम्मको समय

तु खबर संवाददाता
२०७८ फाल्गुन १९, बिहीबार १७:४६

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउन यही फागुन २६ गतेसम्मका लागि समय तोकिएको छ । आयोगले भोलि अर्थात फागुन २० गते मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगको वेवसाइटमार्फत सार्वजनिक गर्दैछ ।

नामावलीमा रहेका त्रुटि सच्याउन, झुटो विवरण दिई नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, एक भन्दा बढी स्थानमा नाम समावेश भएको भए एक ठउँको मात्र कायम गर्न र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन समय तोकिएको हो ।

यदि कोही मतदाताको नामावलीमाथि उजुरी परे प्रमाणसहित सफाइको मौका पनि दिइने आयोगले जनाएको छ । आयोगका अनुसार ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि अर्थमन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित पनि गरेको छ ।