वडा अध्यक्ष बानियाँद्वारा जनप्रभा युवा क्लबलाई एक लाख सहयोग

तु खबर संवाददाता
२०७८ फाल्गुन २२, आईतवार ०८:५२

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष राजेश बानियाँले जनप्रभा युवा क्लब हेटौंडालाई आर्थिक रकम सहयोग गरेका छन् । कांग्रेस प्रतिनिधि सभा क्षेत्र १ को (ख)का सभापति समेत रहेका बानियाँले शनिबार एक कार्यक्रमबीच उक्त क्लबलाई एक लाख रुपैयाँ सहयोग गरेका हुन् ।

वडा अध्यक्ष बानियाँले हेटौंडामा शुक्रबारबाट सुरु भएको ऐट ए साइड फुटबल प्रतियोगितामा सहभागी बनेको उक्त क्लबका युवा खेलाडीलाई प्रोत्साहन मिल्ने उद्देश्यले नगद रकम सहयोेग गरेको जानकारी दिए । उनले यसअघि पनि खेलकुद गतिविधिका लागि विभिन्न समयमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने बताए ।

एफसी कमलडाँडा क्लबको आयोजनामा भएको प्रथम एफसी कमलडाँडा खुल्ला ऐट ए साइड फुटबल प्रतियोगिताको विजेताले रु ३० हजार र उपविजेताले रु १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।