राजनीति/ समाज
प्रधानमन्त्रीद्वारा बागमती प्रदेशको खोप अभियानको प्रशंसा
मकवानपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको खोप अभियान कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले प्रशंसा गरेका छन् । चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने आफ्नो प्रमुख लक्ष्य राखेका प्रधानमन्त्री देउवाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले खोप अभियान कार्यक्रम संचालन गरी सफला हासिल गरेकोमा प्रशंसा गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस...
माओवादी केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (सोमबार) पनि बस्दैछ । बैठक बिहान ११ बजे अनुपम फुडल्याण्डमा बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आइतबार दुई पटक सारिएको बैठक आज बस्न लागेको हो...
प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारले गत आर्थिक वर्षमा गरेका काम र उपलब्धीसम्बन्धी प्रतिवेदन बुझाएका छन् । आइतबार शीतलनिवास पुगेका प्रधानमन्त्रीले राष्ट्रपति भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएका हुन् । प्रधानमन्त्री देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनमा सरकारले हासिल गरेका प्रगतिसम्बन्धी प्रतिवेदन पनि बुझाएका छन् ।...
पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले आज (आइतबार) जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाह भनिने पूर्णविक्रम शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि दिइएको ७ दिनको समय...
एमालेका सांसद बानियाँ निलम्बित
काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराएका हुन् । सांसद बानियाँले नेपालगञ्जको एक होटलमा जबरजस्ती करणी गरेको भन्दै ४० वर्षीया पीडित महिलाले गत २७ माघमा...
माओवादीको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आइतबारको लागि बोलाइएको नेकपा माओवादी केन्द्रको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । माओवादी केन्द्रीय कार्यालयका अनुसार, आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । भोलि बस्ने बैठकमा केन्द्रीय समितिलाई पूर्णता...
इन्सेकद्वारा मानव अधिकार उल्लङ्घनका घटना सार्वजनिक
मकवानपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय कलङ्कीको अभिलेख अनुसार सन् २०२१ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीको घटनामा ६ हजार २ सय ८५ जना पीडित भएका छन् । सन् २०२० मा यस्ता घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको इन्सेकको अभिलेखमा समावेश छ ।...
आज माओवादीको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । सो बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने लगायतका एजेण्डामा छलफल गर्ने तयारी रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन,...
राप्रपा नेता शेरचनको निधन
मकवानपुर । राप्रपाका नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह र मिर्गौलाको रोगबाट पीडित उनको आइतबार विहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए । शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुन् । राजाको...
राष्ट्रियसभाका १९ सदस्यले गरे सपथ ग्रहण
काठमाडौँ । राष्ट्रियसभामा निर्वाचित भएका १९ जना सदस्यहरुले पद र गोपनियताको सपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित कानून न्याय तथा मानव अधिकार समितिको कक्षमा आज आयोजित समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् । राष्ट्रियसभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५,...









