राजनीति/ समाज
पर्यटन मन्त्री श्रेष्ठलाई मातृशोक, कांग्रेसद्वारा दुःख व्यक्त
मकवानपुर । बागमती प्रदेशका संस्कृती तथा पर्यटन मन्त्री एवव् नेपाली कांग्रेसका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठलाई मातृ शोक परेको छ । श्रेष्ठकी माता रुपदेवी श्रेष्ठको बुधबार उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । रुपदेवी श्रेष्ठको निधनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दुःख व्यक्त गरेको छ । संसदीय दलका नेता...
नेता बानियाँद्वारा कालिदेवी प्राविका विद्यार्थीलाई पोशाक वितरण
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा रहेको कालीदेवी प्राविमा अध्ययनरत ६० जना विद्यार्थीलाई आज (बिहीबार) पोशाक वितरण गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवव् कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत ६० जना विद्यार्थीलाई पोशाक वितरण...
वर्षमा एक पटक मृगौला परीक्षण गर्न स्वास्थ्य मन्त्री लामाको आग्रह
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले वर्षमा एक पटक मृगौला परीक्षण गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । विश्व मृगौला दिवसको अवसरमा स्वास्थ्य सन्देश दिंदै मन्त्री लामाले नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मृगौला रोगका बिरामी वर्षेनी थपिने गरेकाले वर्षमा एक पटक मृगौला परीक्षण गर्न आग्रह गरेका हुन्...
एमाले मकवानपुर जिल्ला कमिटीमा २८ जना मनोनित
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एमाले मकवानपुर जिल्ला कमिटीमा २७ जना मनोनित भएका छन् । कमिटीको बुधबार बसेको बैठकले प्रौढ, युवा, खेलाडी, विद्यार्थी, महिला, जनजाति, जनवर्गीय संगठनलगायत विभिन्न क्षेत्रबाट समेट्ने गरी २८ जना सदस्य मनोनित गरेको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । जिल्ला कमिटी सदस्यमा मनोनित हुनेहरुमा...
नेकपा माओवादी मकवानपुरको इन्चार्जमा मोक्तान
मकवानपुर । बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान नेकपा माओवादी केन्द्र मकवानपुरको इञ्चार्जमा चयन भएकी छन् । बुधबार बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले मोक्तानलाई मकवानपुरको इञ्चार्जमा चयन गरेको हो । केन्द्रीय कमिटीको बैठकले मकवानपुरसँगै बागमती प्रदेशका १३ वटै जिल्लामा इञ्चार्ज तोकेको छ । माओवादी केन्द्रीय सदस्यसमेत रहेकी...
हेटौंडाको मेयरमा कांग्रेस सचिव महतको दावी
मकवानपुर । आगामी बैशाख ३० गतेको लागि तय भएको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट भीमसेन मतहले उम्मेदवारी दावी गरेका छन् । हालै सम्पन्न कांग्रेस मकवानपुरको अधिवेशनबाट सचिव पदमा सर्वाधिक मतसहित निर्वाचित भएका महतले हेटौंडाको मेयरमा दावी गरेका हुन् । वैचारिक राजनीतिबाट पनि देश र...
कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै अभियान संचालन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै यही फागुन २९ गतेदेखि ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान संचालन गर्ने भएको छ । बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी दिइएको हो । अभियान फागुन २९ गतेदेखि चैत्र २९ सम्म १ महिना संचालन हुने कँंग्रेसले जनाएको...
अमेरिकाका लागि नेपाली राजदूत खत्रीले लिए शपथ
काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्रीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । खत्रीले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका हुन् । खत्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । उक्त समारोहमा सञ्चार तथा सुचना प्रविधिमन्त्री...
मकवानपुरगढी–५ का वडा सदस्य कांग्रेसमा प्रवेश
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ का वडा सदस्य सुकराम थिङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । वडा सदस्य थिङ बुधबार कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई कांग्रेस मकवानपुरका नवनिर्वाचित सभापति बुद्ध लामाले खादा र टिका लगाएर पार्टीमा प्रवेश गरेका हुन् । थिङ नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित...
माओवादीबाट निर्वाचित मेयर र उपमेयर एमालेमा प्रवेश
मोरङ । मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रबाट निर्वाचित मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमारी खराललाई एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् । मेयर र...









