राजनीति/ समाज
हेटौंडा–८ को कार्यालयमा तालाबन्दी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को कार्यालयमा तालाबन्दी गरिएको छ । वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै स्थानीय राजनैतिक दलले शुुक्रबार कार्यालयमा ताला लगाएको हो । उनीहरुले वडा अध्यक्ष श्रेष्ठ बस्ने कुर्सी सडकमा ल्याएर प्रर्दशन गरेका छन् । सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने, दिनभर काम...
संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौं । अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी प्रावधान संशोधन गरी विभिन्न संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्धको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । रिटमाथि अब आगामी बुधबार सुनुवाइ हुनेछ । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् । शुक्रबार रिटमाथि बहस गर्दै अधिवक्ता...
कांग्रेस बागमती प्रदेश संसदीय दलद्वारा श्रद्धाञ्जली सभा
मकवानपुर । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठकी आमाको निधनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलले काठमाडौं पशुपतिस्थित किरियापुत्री भवनमा पुगेर श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । संसदीय दलका नेता एवम् प्रदेश सभापति इन्द्रबहादुर बानियाँसहित सांसदहरुको...
नेपाल विवेकशील मकवानपुरको अध्यक्षमा विष्ट
मकवानपुर । नेपाल विवेकशील मकवानपुरको अध्यक्षमा नवीन विष्ट चयन भएका छन् । पार्टीको बुधबार हेटौंडामा भएको जिल्ला भेलाले विष्टको संयोजकत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गरेको हो । यस्तै, समितिको उपाध्यक्षमा निशा हुमागाई, सचिवमा सृष्टि विश्वकर्मा, कोषाध्यक्षमा मिलन ढकाल चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः गोपाल घिमिरे, निररमण...
निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ । आयोगले बिहीबार निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको जानकारी दिएको हो । उक्त आचारसंहिता आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन...
हेटौंडाको शिवम सिमेन्टमा कार्यरत मजदुरको मृत्यु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ हटियास्थित शिवम सिमेन्ट उद्योगमा कार्यरत एक जना मजदुरको विहिबार विहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार अन्दाजी बर्ष २० को भारतीय नागरिक रकिब अख्तरको मृत्यु भएको हो । प्रहरीका अनुसार अख्तर सरसफाइको क्रममा मेसिनको फित्तामा च्यापिएर घाइते...
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको पार्टी उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । उनका अनुसार, बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुनेछ । बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने...
होली पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न मद्दत पुग्छ : मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालीहरुले तराई तथा पहाडमा हर्षोल्लास पूर्वक मनाउने रङ्गहरुको महान पर्व फागु पूर्णिमा (होली) को शुभकामना दिएका छन् । मुख्यमन्त्री पाण्डेले बिहीबार एक शुभकामना सन्देश जारी गर्दै होली पर्वको अवसरमा स्वदेश तथा प्रवासमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी...
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा चैत्र १२ गते हेटौंडा आउने
मकवनपुर । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्मा यही चैत्र १२ गते हेटौंडा आउने भएका छन् । महामन्त्री शर्मा कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र १ (ख) को आयोजनामा हुने एक दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन हेटौंडा आउने भएको क्षेत्रीय सचिव गोर्कण सुवेदीले जानकारी दिए । उनका अनुसार, चैत्र १२ गते...
बागमती प्रदेश प्रमुख र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्षबीच भेटवार्ता
मकवानपुर । बागमती प्रदेश प्रमुखयादव चन्द्र शर्मा र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग, नेपालका अध्यक्ष युवराज सुवेदीबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार भेटवार्ता भएको हो । भेटमा आयोगका अध्यक्ष युवराज सुवेदीले आयोगबाट हालसम्म भएका कार्यका बारेमा जानकारी गराएका थिए । अध्यक्ष सुवेदीले २०५२ साल फागुन १ गतेदेखि २०६३...










