राजनीति/ समाज

बकैया गाउँपालिकामा १ सय ४७ जना कांग्रेस प्रवेश

मकवानपुर । जिल्लाको पूर्वी क्षेत्र बकैया गाउँपालिकाका ४ वडाका एमाले, माओवादी केन्द्र र राप्रपाका १ सय ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रतिनिधिसभा १ प्रदेशसभा (क) का सभापति सुशान्त श्रेष्ठको सभाध्यक्षता एवं बागमती प्रदेश सभापति तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा...

क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तह निर्वाचन बहिष्कार गर्ने भएको छ । फागुन २५ देखि २९ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको हो । बैठकमा महासचिव वैद्यले “वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार”...

स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचनको लागि ८० वटा राजनीतिक दलले निवेदन दिएको भएपनि ७९ वटा दल मात्रै दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार, स्थानीय निर्वाचनको...

बागमती प्रदेशसभा बैठक : प्रदेश सरकारको गतिविधिमाथि छलफल

मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारको गतिविधिमाथि छलफल भएको छ । बैठकमा प्रमुख प्रतिपक्ष, प्रतिपक्ष र सत्तापक्षका सांसद्हरुले सरकारको गतिविधिमाथि आ–आफ्नो धारणा व्यक्त गरेका हुन् । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद्हरुले सरकारले कार्यकर्ता भर्तिको तयारी सुरु गरेको र विधि पद्धति विपरित अघिल्ला सरकारले नियुक्त...

बागमती सरकारले बजेट कार्यान्वयन गर्न सकेन – केशवराज पाण्डे

मकवानपुर । बागमती प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री केशवराज पाण्डेले बागमती सरकार बजेट कार्यान्वयन गर्न डराएको आरोप लगाएका छन् । सोमबार बागमती प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डे पूर्वमुख्यमन्त्री डोरमणि पौडेलसँग प्रतिस्पर्धा गर्न डराएको भन्दै टिप्पणी गरे । पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले ल्याएको बजेट कार्यान्वयन गर्नबाट हालका...

बागमती सरकार स्वेच्छाचारी ढंगबाट अघि बढ्यो –अष्टलक्षी शाक्य

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बागमती प्रदेश सरकार स्वेच्छाचारी र संविधान विरोधी गतिविधिमा अग्रसर भएको आरोप लगाएको छ । सोमबार प्रदेशसभा बैठकमा प्रदेश संसदीय दलको नेता अष्टलक्ष्मी शाक्यले बागमती सरकार जनहितका काम गर्नेतर्फ नभई स्वेच्छाचारी ढंगबाट संविधान विरोधी गतिविधिमा अगाडि बढेको आरोप लगाइन् । उनले सरकारले आफ्ना...

१ लाख म्यादी प्रहरी भर्ना लिन अर्थ मन्त्रालयको अनुमति

काठमाडौं । अर्थ मन्त्रालयले आसन्न स्थानीय तहको निर्वाचन गराउन १ लाख म्यादी प्रहरी भर्ना गर्न अनुमति दिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेकोमा अर्थ मन्त्रालयले १ लाखका लागि मात्र आवश्यक बजेट निकासा दिन अनुमति दिएको हो । २०७९ बैशाख ३० मा हुने...

प्रेस युनियनको केन्द्रीय महाधिवेशन हेटौंडामा हुने

मकवानपुर । नेपाली कांग्रेस निकट पत्रकारहरूको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन हेटौंडामा हुने भएको छ । युनियनको आइतबार बसेको सचिवालयको बैठकले सो निर्णय गरेको हो । बैठकले युनियनको स्थापना दिवसको अवसर पारेर आगामी जेष्ठ १३ र १४ गते हेटौंडामा महाधिवेशन गर्ने गरी मिति तोकिएको हो । युनियनको...

मकवानपुरमा ‘घर घरमा जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले ‘घर घरमा जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरेको छ । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै कांग्रेस मकवानपुरले आइतबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी उक्त अभियानको सुरु गरेको हो । कांग्रेसका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले देशभर एकसाथ भर्चुअल मार्फत अभियानको सुरुवात घोषणा गरेका...

कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा जंगबहादुर लामा

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिमा जंगबहादुर लामा निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानबाट संस्थापन इतरका उम्मेदवार बंशलाल तामाङलाई पराजित गर्दै लामा सभापतिमा निर्वाचित भएका हुन् । जम्मा १ हजार ७ सय ८७ मत खसेकोमा लामाले ९ सय १२ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी बंशलालले...