कांग्रेस बागमती प्रदेश समितिको कार्यालय उद्घाटन गर्न प्रकाशमान सिंह हेटौंडा आउँदै

तु खबर संवाददाता
२०७८ चैत्र ७, सोमबार ०८:४८
file-photo

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको मुख्य कार्यालय उद्घाटन गर्न पूर्व महामन्त्री एवम् केन्द्रीय सदस्य प्रकाशमान सिंह हेटौंडा आउने भएका छन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सिंह संघीय राजधानी काठमाडौँबाट हेटौंडाको लागि प्रस्थान गरिसकेका छन् । कांग्रेस बागमती प्रदेशले दिएको जानकारी अनुसार प्रदेश महाधिवेशनपश्चात नै हेटौंंडा उपमहानगरपालिका वडा नम्वर ५ मा पार्टीको प्रदेश कार्यालय स्थापना गरिएको थियो । सोमबार भने त्यसलाई औपचारिक उद्घाटन गर्न लागिएको हो ।

उद्घाटन कार्यक्रममा प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, १३ वटै जिल्लाका सभापतिहरु उपस्थित हुने बुझिएको छ । कार्यालय उद्घाटनपश्चात नेता सिंहले होटल एभोकार्डोमा पार्टीका कार्यकर्ताहरुलाई सम्बोधन गर्ने छन् । त्यसलगत्तै आजै प्रदेश समितिको बैठक बस्ने पनि जनाइएको छ ।