स्थानीय तह निर्वाचन : एमालेले बनायो उम्मेदवार छनोटको मापदण्ड

तु खबर संवाददाता
२०७८ चैत्र ७, सोमबार १७:१०
file-photo

काठमाडौं । नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकमा उम्मेदवार छनोटको अधिकारबारे स्थायी कमिटीले गरेको निर्णयअनुमोदन गर्दै मापदण्ड बनाएको हो ।

उपमहासचिव एवम् प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरुको हकमा कामको मूल्यांकन हुनेछ । एमालेमा वडा सदस्य र वडाध्यक्षहरुको उम्मेदवार वडा कमिटीले सिफारिस गर्नेछ भने जिल्ला कमिटीले निर्णय गर्नेछ । पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका कमिटीको सुझावमा जिल्लाले सिफारिस गर्नेछ भने प्रदेश कमिटीले निर्णय गर्नेछ । महानगरका मेयर र उपमेयरका उम्मेदवारबारे निर्णय प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले गर्नेछ ।