नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरोको बैठक आज बस्दैछ । स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न एमालेको पोलिटब्युरो बैठक बस्न लागेका एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनका अनसार, बैठक बिहान ११ बजे कार्की व्यांक्वेट बबरमहलमा बस्ने गरी बोलाइएको छ । बैठकमा समसामयिक राजनीतिको समीक्षाका साथै पार्टीको घोषणापत्र निर्माण, उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुनृछ ।
निर्वाचनको तयारीमा सक्रिय एमालेले आगामी चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ । यसैगरी चैत १३ गते स्थायी कमिटीको बैठक बस्ने तय भएको छ ।
