एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

तु खबर संवाददाता
२०७८ चैत्र ३, बिहीबार ०९:१३
file-photo

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको पार्टी उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।

उनका अनुसार, बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुनेछ । बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने छ । साथै, बैठकमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने भएको छ ।