राजनीति/ समाज
माओवादी केन्द्रको बागमती प्रदेश भेला आज हुँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश भेला आज (बुधबार) हुँदैछ । ललितपुरको गोदावरीमा प्रदेश परिषद्को विस्तारित बैठक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमसहितको भेला हुन लागेको हो । भेलाको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्ने कार्यक्रम रहेको पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लक्ष्मण खड्काले जानकारी...
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । बैठक बबरमहलस्थित कार्की ब्याङुकवेटमा बिहान ११ बजे सुरु हुने समाजवादीका एक नेताले जानकारी दिए । उनका अनुसार, दुई दिनसम्म संचालन हुने बैठकमा अध्यक्ष माधवकुमार नेपाले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने...
हेटौंडा उपमहानगरको मेयरमा कांग्रेस नेता दाहालको उम्मेदवारी घोषणा
मकवानपुर । सरकारले स्थानीय निर्वाचनको मिति तय गरेसँगै मकवानपुरमा चुनावी सरगर्मी बढेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको विभिन्न स्थानीय तहमा प्रतिस्पर्धाको लागि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटिसकेका छन् । नेताहरु टिकटको लागि जिल्ला र केन्द्रसम्मै लभिङ गरिरहेका छन् । बागमती प्रदेशको राजधानीसमेत रहेको र...
हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादीबाट २ जना आकाँक्षी
मकवानपुर । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि मकवानपुरमा चुनावी सरगर्मी बढेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको विभिन्न स्थानीय तहमा प्रतिस्पर्धाको लागि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटिसकेका छन् । नेताहरु टिकटको लागि जिल्ला र केन्द्रसम्मै लभिङ गरिरहेका छन् । बागमती प्रदेशको राजधानीसमेत रहेको र...
उपसभामुख तामाङले दिइन् ११२ औं महिला दिवसको शुभकामना
मकवानपुर । बागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा देश तथा विदेशमा रहेका नेपाली नारीहरुमा सुख, शान्ति एवम् समृद्दिका लागि शुभकामना व्यक्त गरेकी छन् । उपसभामुख तामाङले मंगलबार शुभकामना सन्देश जारी गर्दै महिला दिवसको शुभकामना व्यक्त गरेकी हुन् । उपसभामुख तामाङले लामो कालखण्डसम्म रहेको पितृसत्तात्मक...
बागमती प्रदेश प्रमुख शर्माद्वारा महिला दिवसको शुभकामना
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिएका छन् । प्रदेश प्रमुख शर्माले मंगलबार विज्ञप्तिमार्फत ‘‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’’ भन्ने नारासहित विश्वभर मनाइदै गरिएको नारी दिवसका सन्दर्भमा सम्पूर्ण नेपाली नारीहरुमा सुख, शान्ति एवम् समृद्दिका लागि...
हेटौंडामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण निति विषयक कार्यक्रम
मकवानपुर । मकवानपुरको हेटौंडामा आज लैङ्गिक समानता, सामाजिक समावेशीकरण निति विषयक एक दिवसीय कार्यक्रम भएको छ । उक्त कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौंडा र मानव अधिकार तथा लैङ्गिक न्यूनिकरण, जिल्ला संजाल मकवानपुरको संयुक्त आयोजनामा भएको हो । ११२ औं अन्तरािष्ट्रय महिला दिवसको अवसरमा आयोजित...
कांग्रेसले एमसीसी सम्झौता बुझाउन घर–घरमा पुस्तिका पठाउने
काठमाडौं । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नागरिकलाई घर–घरमा पुस्तिका पुर्याउने भएको छ । संसदबाट ब्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी सम्झौता बुझाउन नागरिकलाई घर–घरमा पुस्तक पुर्याउने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । उनका अनुसार, पुस्तिकासहित भिडिओ पनि बनाउने क्रममा रहेको छ । उनले स्थानीय तहको...
नेकपा माओवादीको केन्द्रीय सदस्यमा ९७ जना मनोनित (सूचीसहित)
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । माओवादी केन्द्रको सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेका हुन् । समितिमा अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहाल, ज्वाईं जीवन आचार्य पनि मनोनित भएका छन् । त्यस्तै, वाईसीएलका...
चिकित्सा शिक्षा आयोग पदाधिकारीको राजीनामा माग
काठमाडौं । सांसदहरुले चिकित्सा शिक्षा आयोगका पदाधिकारीको राजीनामा माग गरेका छन् । सोमबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसदहरुले सो कुराको माग गरेका हुन् । सांसदहरुले नोबेल मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको समस्या समाधानमा बेवास्ता गरेको भन्दै राजीनामा माग गरेका हुन् । नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क...










