स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता
काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचनको लागि ८० वटा राजनीतिक दलले निवेदन दिएको भएपनि ७९ वटा दल मात्रै दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार, स्थानीय निर्वाचनको लागि ८० वटा दलको निवेदन भएको थियो । तीमध्ये ७९ वटा दल मात्रै दर्ता भएको हो । उनका अनुसार दल दर्ताका लागि ८० वटा दलले निवेदन दिएका बेला ७९ वटा दलको दल दर्ता भएको छ ।
‘स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरूको निवेदनका सम्बन्धमा जाँचबुझ गरी २६ फागुनको आयोगको निर्णयअनुसार ७९ वटा राजनीतिक दलहरु दर्ता भएका छन्,’ पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
