मकवानपुरगढी–५ का वडा सदस्य कांग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७८ फाल्गुन २५, बुधबार १६:४०

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ का वडा सदस्य सुकराम थिङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । वडा सदस्य थिङ बुधबार कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई कांग्रेस मकवानपुरका नवनिर्वाचित सभापति बुद्ध लामाले खादा र टिका लगाएर पार्टीमा प्रवेश गरेका हुन् ।

थिङ नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । उनीसहित १६ जना कांग्रेस प्रवेश गरेका छन् । कार्यक्रममा जिल्ला सदस्य कालु घलान, प्रतिनिधि सभा क्षेत्र २ को सचिव बलराम घिमिरे, पुर्व संघीय सभापति यतिराज सापकोटा, गाउँपालिका सभापति राजविर मुक्तान, वडा सभापति दिपेश दाहाल लगायतको सहभागिता रहेको थियो ।