राजनीति/ समाज

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहद्वारा राजीनामा

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आज महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्। उपप्रमुखको कार्यालयमा दर्ता भएको उक्त राजीनामा पत्रमा शाहले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन्।...

नेपाली कांग्रेसको आधिकारिकताविरुद्ध देउवा समूह सर्वोच्च अदालतमा

काठमाडौं । नेपाली कांग्रेसको गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत पुगेको छ। शनिबार बसेको देउवा समूहको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेअनुसार आइतबार रिट निवेदन दर्ताका लागि सर्वोच्च अदालत गएको...

मेयर बालेनले आजै राजीनामा दिई, रास्वपा केन्द्रीय समितिमा सहभागी हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह (बालेन)ले आजै आफ्नो पदबाट राजीनामा दिने भएका छन्। राजीनामापछि उनी दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार...

दोलखामा नेकपाबाटविशाल खड्का उम्मेदवार बन्दै

नेपाली कम्युनिस्ट पार्टीले दोलखामा विशाल खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरिएको हो । उनी २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट दोलखा १ बाट बागमती प्रदेशसभामा प्रतिनिधित्व गरेका थिए भने उनी वन तथा वातावरण मन्त्रीसमेत बनेका थिए । त्यस्तै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद...

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत जाने

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिएको निर्णयविरुद्ध पार्टीका नेता शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले निर्वाचन आयोगको निर्णय सही नभएको ठहर गर्दै संवैधानिक, राजनीतिक तथा कानुनी प्रतिवाद गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग...

फागुन २१ को निर्वाचनका लागि रास्वपाको निर्णायक बैठक सुरु हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका नेताका अनुसार बैठकले सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाउनेछ। निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम तय गरिएको छ।...

निर्वाचन आयोगद्वारा थापा पक्षलाई आधिकारिकता

निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको पदाधिकारी तथा सदस्यहरुको विवरण अध्यावधिक गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधान सम्मत ठहर गरेको हो । थापाको नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्णय गरेसंगै अब आयोगले थापा नेतृत्वको समितिको नामावली...

कांग्रेस कार्यकर्ताले निर्वाचन आयोगमा दिए धर्ना

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले  निर्वाचन आयोगमा धर्ना दिएका छन्। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाको नेतृत्वलाई आधिकारिकता दिन माग गर्दै उनीहरूले आयोगमा ध्यानाकर्षण गराएका हुन्। शुक्रबार दिउँसो कांग्रेसका नेताहरू आयोग अगाडि पलेँटी कसेर धर्नामा बसेका थिए। त्यही दिन बिहान कांग्रेस देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्का...

कांग्रेसको आधिकारिकता विवाद: देउवा पक्ष निर्वाचन आयोगमा

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद चुलिँदै जाँदा सभापति शेरबहादुर देउवा पक्षका नेता-कार्यकर्ताहरू शुक्रबार बिहान निर्वाचन आयोग पुगेका छन्। दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि उत्पन्न परिस्थितिमा देउवा पक्षले आफूहरू नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गर्दै आयोगसँग छलफल गर्न पुगेको हो। कान्तिपथस्थित निर्वाचन आयोग पुगेका देउवा...

महान्यायाधिवक्ताको निर्णयप्रति ओलीको प्रश्न: हिनामिना कसले तिर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयप्रति कडा आपत्ति जनाएका छन्।बिहीबार काठमाडौंमा आयोजित ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका संघर्ष पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन...