फागुन २१ को निर्वाचनका लागि रास्वपाको निर्णायक बैठक सुरु हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका नेताका अनुसार बैठकले सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाउनेछ।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम तय गरिएको छ। सोही तयारीका लागि रास्वपाले केन्द्रीय समिति बैठक आह्वान गरेको हो।
पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार केन्द्रीय समिति बैठक माघ ४ गते आइतबार दिउँसो २ बजे बस्नेछ। बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थली (चःमति) मा आयोजना हुनेछ।
बैठकमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन, मनोनयन प्रक्रिया तथा आगामी निर्वाचन रणनीतिबारे छलफल हुने बताइएको छ।
