राजनीति/ समाज
पार्टी एकतालाई खलल नपुराएको प्रचण्डको दाबी
चितवन, ११ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अवरोध पुग्ने गरी आफू जिल्लामा नबसेको बताउनुभएको छ । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले यहाँ आज आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदका सम्मानमा आयोेजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित सांसद...
दुई साताभित्र नयाँ सरकार बन्छ एमाले नेता राई
काठमाडौँ, १० पुस । नेकपा एमालेका नेता शेरधन राईले दुई साताभित्र नयाँ सरकार बन्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता राईले सहमतिमा अध्यादेशको विवाद टुङ्गो लागेर निर्वाचनको सम्पूर्ण नतिजा आएपछि दुई साताभित्र नयाँ सरकार बन्ने बताएका हुन् “राष्ट्रपतिलाई विवादमा ल्याउने काम वर्तमान सरकारले गरेको...
मुनु सिग्देल र जुनेली श्रेष्ठ सांसद ?
मकवानपुर १० पुस । एमाले मकवानपुरबाट समानुपातिक तर्फको सिट बाँडफाँड गर्दा एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल र जुलेली श्रेष्ठ समानुपातिक तर्फको सांसद बन्ने लगभग पक्का भईसकेको छ । एमाले पार्टी कार्यालय मकवानपुरले दुवैलाई अग्रिम शुभकामना समेत दिईसकेको छ । यस विषयमा तु खबरले एमाले मकवानपुरकी जिल्ला अध्यक्ष मुनु सिग्देललाई...
‘एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा’-प्रचण्ड
चितवन, ९ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद् र नेपाल बुद्धिजीवी संगठन चितवनले आज यहाँ निर्वाचित सांसदका लागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित सांसद दाहालले दुई पार्टी एकता...
साना वाम दललाई पनि समाहित गरिने
काठमाडौँ, ९ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पुष्पलाल कम्युनिष्ट आन्दोलनका साझा नेता भएको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानको पाँचौँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले उहाँको सपनालाई साकार पार्न सम्पूर्ण वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गर्ने सबै...
वाम गठवन्धन रोक्न काँग्रेसले ५ बर्ष माओवादीको सरकार बनाउन समर्थन गर्ने : प्रचण्ड
काठमाडौं ९ पुस । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुलाई ५ बर्ष माओवादिकै सरकार निर्माण गर्न काँग्रेसको समर्थन सहितको प्रस्ताव आएको बताएका छन् । निर्वाचनअघि मात्र बनेको बाम गठबन्धनमा हाल आरोप प्रत्यारोप सुरु भएपछि यस्तो प्रस्तावहरु आउन थालेका उनले बताए । निर्वाचनको तालमेलपश्चात पार्टी समेत एउटै बनाउने भनेर हिडेका दुवै...
कांग्रेसले सरकारमा बसिरहन हुँदैन– सिँचाईमन्त्री गौतम
काठमाडौं, ७ पुस । सिँचाईमन्त्री सञ्जय गौतमले कांग्रेसले तत्काल सरकार छोडेर सशक्त एवम् प्रभावकारी प्रमुख प्रतिपक्षमा बस्नेगरि तयारी गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने,‘अहिलेको जनादेशले हामीलाई प्रतिपक्षमा बस्न भनेको छ, हामीले अब त्यही अनुसारको तयारी गर्नुपर्छ।’ शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री गौतमले मुलुकमा अहिले नयाँ...
रेशम चौधरीलाई प्रमाणपत्र नदिए आन्दोलन गर्ने चेतावनी
काठमाडौं, ७ पुस । राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले कैलालीको टिकापुर क्षेत्र नम्बर १ बाट निर्वाचन सांसद रेशमलाल चौधरीलाई तत्काल विजेताको प्रमाणपत्र प्रदान नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा प्रचार–प्रसार समिति टिकापुर क्षेत्र नम्बर १ कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष लालले...
पूर्व राजा ज्ञानेन्द्र किन जाँदै छन् सुदुरपश्चिम ?
मध्यपश्चिम, ७ पुस । पूर्व राजा ज्ञानेन्द्र शाह तथा पुर्व रानी कोमल शाह अचानक मध्यपश्चिम तथा सुदुर पश्चिमको भ्रमणमा निस्किने भएका छन् । श्रोतका अनुसार केही दिनको निजी भ्रमणको सिलसिलामा आगामी हप्ता उनीहरु मध्यपश्चिम तथा सुदुुरपश्चिम क्षेत्रमा जान लागेका हुन् । तर उनीहरु वास्तविक रुपमा किन जाँदैछन् भन्ने कुरा...
प्रदेशसभा समानुपातिकतर्फ दलहरुको सिट संख्या आज घोषणा हुने
काठमाडौं ७ पुस । प्रदेशसभाको समानुपातिकतर्फको दलहरुले के कति सिट प्राप्त गर्नेछन् त्यसको नतिजा आज सार्वजनिक हुने भएको छ । निर्वाचन आयोजले हिजो बिहिबार बेलुकी सम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो तर ढिलाई हुने भएपछि आज सार्वजनिक गर्ने तयारी गरीएको हो । आज सातै प्रदेसका समानुपातिकतर्फको मतको आधारमा...









