अनेरास्ववियु मकवानपुरको जिल्ला सम्मेलन फागुन १५ र १६ गते हुने
हेटौँडा, १२ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटि मकवानपुरको २७ औँ जिल्ला अधिवेशन आउँदो फागुन १५ र १६ गते हेटौँडामा हुने भएको छ ।
कमिटिले शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै सम्मेलन हेटौँडाको पल्पसा हलमाप गर्ने जानकारी दिएको हो । अनेरा स्ववियु केन्द्रीय सदस्य सन्तोष पौडेलको प्रमुख आतिथ्यता तथा सम्मेलन आयोजक समिति संयोजक किसन घिसिङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सम्मेलनको तयारीको लागि विभिन्न उप–समितिहरु समेत गठन गरिएको जानकारी दिइएको थियो ।
माघ ८ गते जिल्ला सम्मेलन आयोजक कमिटिका संयोजक घिसिङको अध्यक्षता बसेको बैठकले सम्मेलन सफल बनाउनका लागि गिरिजा अधिकारी, अमृत बर्तौला, शुभराज भोम्जन, आकाश अधिकारी, शिशिर पराजुली, बिना देवकोटा, रुपा बिडारी, प्रमोद फुयाँल, आशिष अस्लामी र उज्ज्वल बर्तौलालाई सचिवालय सदस्यमा मनोनित गरिएको जनाइएको छ । त्यस्तै प्रतिनिधि तथा प्रतिवेदन लेखनमा संयोजक घिसिङ, कुमार केसी र अरुण वर्तौला सदस्य रहने गरि उप–समिति बनाइएको छ ।
त्यस्तै आर्थिक विभागतर्फ कुमार रुम्बाको संयोजकत्वमा कृष्ण घिमिरे, अमृत बर्तौला, आकाश अधिकारी, रुपा बिडारी र सुजन तिमल्सिनालाई चयन गरिएको छ भने प्रचारप्रसारतर्फ गिरिजा अधिकारीलाई संयोजक तोकिएको छ । त्यस्तै हल मञ्च तथा स्वयम सेवकमा कृष्ण घिमिरे संयोजक रहने गरि शिशिर पराजुली र उज्ज्वल बर्तौलालाई सदस्य तोकी जिम्मेवारी दिइएको छ । खाना तथा आवासमा रुपा बिडारी संयोजक रहने गरि शुभराज भोम्जन र आशिष अस्लामीलाई जिम्मेवारी दिइएको छ । कार्यालय विभागमा भोम्जन संयोजक रहने गरि जय न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै प्रदेश कमिटिले पुषमा नै निर्णय गरे अनुसार अनेरास्ववियुले ‘स्थानीय तह र विद्यालय शिक्षाको व्यवस्थापन’ विषयक शैक्षिक बहस गर्ने निर्णय गरेको छ ।
