राजनीति/ समाज

समानुपातिकतर्फ प्रदेशसभा सदस्यको टुंगो लगाउँदै काँग्रेस

काठमाडौँ, १४ पुस । नेपाली काँग्रेसले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउन अन्तिम गृहकार्यमा जुटेको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउने पार्टी कार्यालयले जनाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको...

राष्ट्रपतिद्वारा राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण

काठमाडौँ, १४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको छ । राजनीतिक दलबीचमा विवाद देखिएका कारण लामो समयदेखि राष्ट्रपति कार्यालयमा अड्किएको उक्त अध्यादेश आज प्रमाणीकरण गर्नुभएको उहाँको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । राष्ट्रपतिको चाहना सबै राजनीतिक दलको सहमति होस् भन्ने भए पनि पछिल्लो...

पोखरियाका लागि ३९ करोड ६२ लाख बजेट

वीरगञ्ज, १४ पुस । पर्साको पोखरिया नगरपालिकाको प्रथम नगरसभामार्फत रु ३९ करोड ६२ लाख ३९ हजारको बजेट विनियोन गरिएको राससले जनाएको छ । झण्डै दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनपछि पोखरिया नगरपालिकाले बिहीबार चालू आर्थिक वर्षको अनुमानित आय व्यय बजेट सार्वजनिक गरेको हो । नगर उपप्रमुख सलमा खातुनले प्रस्तुत...

मुलुकको मुख्य मुद्दा शान्ति, सुशासन र समृद्धि : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १४ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, सुशासन र समृद्धि मुलुकको प्रमुख मुद्दा भएको बताउनुभएको राससले जनाएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “हामीले जनताका बीचमा गरेका स्थिरता, शान्ति, सुशासन र समृद्धिको प्रतिबद्धता मुलुकको मुख्य एजेण्डा हो...

राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँ : राष्ट्रपति भण्डारी

काठमाडौँ, १४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेको बताउनुभएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवासित आज शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरणसँगै राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपति भण्डारीका स्वकीय...

माघ पहिलो साताभित्र नयाँ सरकार : सचिव ज्ञवाली

नगरकोट, १३ पुस । एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै वाम गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सो अबधिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गर्नुभएको हो । एमाले र माओवादीबीच बृहत् छलफल र...

राजपा बैठकमा चुनावी समीक्षा

काठमाडौँ, १२ पुस । राष्ट्रिय जनता पार्टी नेपालको राजनीतिक समितिको बैठकमा गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे समीक्षा गरिएको छ । पार्टी कार्यालय बबरमहलमा बसेको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक सांसदहरूको नामावली टुङ्गो लगाउने सम्बन्धमा समेत छलफल भएको पार्टीका महासचिव केशव झाले जानकारी...

माओवादी केन्द्रमा प्रदेश साँसदका उम्मेदवारनै प्रवेश गरे

मकवानपुर १२ पुस । नेकपा माओवादी केन्द्र मकवानपुरको आयोजनामा पार्टी प्रवेश कार्यक्रम पार्टी कार्यालय मकवानपुरको हेटौंडा संगम चोकमा आज (बुधबार) सम्पन्न भएको छ । प्रतिनिधिसभा १ प्रदेस (क) का साँसद तथा माओवादी केन्द्र मकवानपुरको जिल्ला संयोजक प्रेम बहादुर पुलामी (छिन्तु) को अध्यक्षतामा प्रतिनिधि सभा २ को (क) का प्रदेश...

सुनसरी ३ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा मुद्दा

काठमाडौँ, १२ पुस । सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का भगवती चौधरीले आज सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको छ । नेपाली काँग्रेसका तर्फबाट विजयी भएका विजयकुमार गच्छदारले निर्वाचन आचारसंहिता विपरीत कर्मचारीलाई लतपत्तिएको र बदर मत समेत रुख चिन्ह्मा गणना गर्न...

विधि र प्रक्रियाबाटै सहमति खोज्न कानूनविद्को सुझाव

काठमाडौँ, ११ पुस । विधि र प्रक्रियाका आधारमा असल संस्कार स्थापित गर्दै विद्यमान राजनीतिक र संवैधानिक अड्चनको निकास खोज्न सरकार र प्रमुख राजनीतिक दललाई सुझाव दिइएको छ । संघीय व्यवस्थापिका–संसद्द्वारा काठमाडौँमा सोमबार आयोजित ‘शान्ति प्रक्रिया र संविधान कार्यान्वयनको अवस्था’ विषयक अन्तक्र्रियामा सहभागी वक्ताले उक्त सुझाव दिएका हुन् । वरिष्ठ...