मकवानपुरकी मानकुमारीलाई जनपक्षीय पत्रकारिताका लागि सम्मान

तु खबर संवाददाता
२०७४ माघ १५, सोमबार १३:२८

मकवानपुर, १५ माघ । माओवादी जनयुद्धका समयमा लामो समय भूमिगत भई जनतालाई सुशुचित गराउन युद्ध पत्रकार बनेका मकवानपुरकी मानकुमारी पाख्रिन नेपालीलाई जनपक्षीय पत्रकारिता गरेकोमा सम्मान प्रदान गरिएको छ ।

प्रेस सेन्टर नेपालको १४ औँ स्थापना दिवसको अवसर पारेर सोमबार काठमाडौँमा प्रेस सेन्टर नेपाल महिला विभागद्वारा आयोजित कार्यक्रममा जनयुद्धका समयमा पत्रकारिताका माध्यमबाट उनले पुराएको योगदानको कदर गर्दै प्रेस सेन्टर नेपाल महिला विभागले सम्मान गरेको हो । मकवानपुरगढी गाउँपालिका निवासी उनी पछिल्लो समयमा मकवानपुरको स्थानीय रेडियोमा कार्यक्रम संचालकका रुपमा आसा नामले पनि परिचित छिन् ।नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*