सरकारले ढुकुटी रित्याएको कुमारी मोक्तानको आरोप, भिमफेदीमा माओवादीको सम्मान

तु खबर संवाददाता
२०७४ माघ १४, आईतवार १७:३२

भिमफेदी, १४ माघ । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र भीमफेदी गाउँपालिकाले संयुक्त बाम गठबन्धनमा माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित तथा समानुपातिक कोटाबाट निर्वाचित सांसदलाई एक कार्यक्रमकाबिच सम्मान तथा निर्वाचन समिक्षा कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुमारी मोक्तानले बिजयीसंगै जिम्मेवारी दायित्व बढेको तथा वर्तमान सरकारले मार्ग प्रशस्त गरेर सहज गर्नु पर्नेमा अधिकार दुरुपयोग गरी ढुकुटी रित्याउने कार्य गरेको आरोप लगाए ।

जिल्ला सचिवालय सदश्य रंजित रानाले संचालन गरेको कार्यक्रम भिमफेदी गाउँपालिका संयोजक बद्रि स्याङ्तानको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रदेश ३ को क्षेत्र नं.२ ‘क’सभा सदस्य सांसद कुमारी मोक्तानको प्रमुख आतिथ्यता र प्रदेश ३ क्षेत्र नं.१ (ख) सभा सदस्य प्रेमबहादुर पुलामी मगर तथा समानुपातिक माओवादीका प्रदेश ३ सभासद ओम घलानको विशेष आतिथ्यता रहेको त्यहाँबाट संचारकर्मी सुरेन्द्रराज थीकेले जानकारी दिए ।

कार्यक्रममा जिल्ला सचिवालय सदस्य प्रमिला लामा,जिल्ला सदस्य मदन बर्तौला ,जिल्ला सल्लाहकार अमृत लामा ,जिल्ला सदस्य अप्सरा लोप्चन,योङ कम्युनिष्ट लिग सह सचिव सन्तोष श्रेष्ठ, क्रान्तिकारी विद्यार्थी संगठनकी पबिना लामा लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*