राजनीति/ समाज
ओली र प्रचण्डको निर्देशनलगत्तै कार्यदलले भोलिबाटै काम शुरु गर्ने निर्णय
भक्तपुर, २६ पुस । नेकपा (एमाले) र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले भोलिदेखि आफ्नो काम शुरु गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको कार्यदलको...
सरकार बनाउने प्रतिनिधिसभाको स्वतन्त्र अधिकार : अध्यक्ष ओली
काठमाडौँ, २६ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनको विषय प्रतिनिधिसभाको स्वतन्त्र अधिकार भएको बताउनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले सरकार र निर्वाचन आयोगले निर्वाचन भएको एक महिना बिते पनि सत्ता हस्तान्तरणमा ढिलाइ गरेकामा...
माओवादी केन्द्रको चुनावी समिक्षा : द्रुत गतिमा विकासमा लाग्न सुझाव
मकवानपुर, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनपछि पहिलोपटक औपचारिक रुपमा चुनावी समिक्षा तथा स्वागत बैठक आज सम्पन्न भएको छ । पार्टीकी जिल्ला इन्चार्ज कुमारी मोक्तानको अध्यक्षतामा तथा जिल्ला संयोजक प्रेम बहादुर पुलामीको संचालनमा उक्त बैठक सम्पन्न भएको हो । बैठकले...
राप्रपा हारको कारण भन्दै कमल थापाले लगाए कांग्रेसलाई यस्तो आरोप
काठमाडौँ, २१ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीले गएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पराजय भोग्नु पर्नाको कारणबारे समीक्षा गरेको छ । उसको वैठकको निष्कर्ष यस्तो छ। यही पुस १९ गतेदेखि आजसम्म बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचनको पूर्वसन्ध्यामा भएको पार्टी विभाजन नै पराजयको मुख्य कारण भएको ठहर गरेको यहाँ आज...
प्रदेशको अस्थायी राजधानी र प्रमुखको नियुक्तिबारे सरकारले राजनीतिक सहमति पाएन
काठमाडौँ, २० पुस (रासस) : प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा वाम गठबन्धनका नेताहरुले ठोस सल्लाह नदिएपछि अब सरकारले आफैँ गृहकार्य गरी त्यसबारे निर्णय गर्ने भएको छ । सो विषयमा छलफल गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठकमा वाम गठबन्धनले सरकारले सत्ता हस्तान्तरणका लागि...
प्रदेशको अस्थायी राजधानी र प्रमुखको नियुक्तिबारे सर्वदलीय छलफल, के आउँछ निर्णय ?
काठमाडौँ, २० पुस । प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा वाम गठबन्धनका नेताहरुले ठोस सल्लाह नदिएपछि अब सरकारले आफैँ गृहकार्य गरी त्यसबारे निर्णय गर्ने भएको छ । सो विषयमा छलफल गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठकमा वाम गठबन्धनले सरकारले सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने...
तनहुको मतपत्र र मिचुल्का, धनुषाको समाचार झिकाउन सर्वोच्चको आदेश
काठमाडौँ, १९ पुस (रासस) : सर्वोच्च अदालतले तनहुँको निर्वाचन क्षेत्र नं २ प्रदेश (क) मा मतगणनाका क्रममा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायतका कागजात झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज प्रदेश (क) मा...
सबैको ध्यान राष्ट्रियसभा सदस्य निर्वाचनमा
काठमाडौँ, १८ पुस । राष्ट्रियसभा निर्वाचन नभई प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्न र नयाँ सरकार गठन गर्न अप्ठ्यारो पर्ने भएपछि अब सबैको ध्यान राष्ट्रियसभा निर्वाचनमा केन्द्रित भएको छ । पहिले राष्ट्रियसभाको निर्वाचन कि प्रतिनिधिसभाको सम्पूर्ण मतपरिणाम भन्ने प्रमुख दलबीचको मतभेदका बीच निर्वाचन आयोगले यस बारेको संवैधानिक व्यवस्थाका बारेमा...
नेपाली काँग्रेसलाई प्रतिपक्षमा बस्न जनादेश : डा कोइराला
विराटनगर, १९ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न जनादेश दिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले वाम गठबन्धनलाई सरकार बनाउन जनादेश प्राप्त भएको र काँग्रेसले पाँच वर्ष संसद्मा प्रतिपक्षको भूमिका...
निर्वाचनमा हराउने अन्तर्घाती खोज्न माओवादीले बनायो समिति, को को पर्लान् अन्तरघात गर्ने लिस्टमा
काठमाडौँ, १८ पुस । आज बसेको माओवादी केन्द्रको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भएको अन्तर्घात छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति बनाएको छ । समितिमा लीलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न ठाउँमा माओवादी केन्द्रका उम्मेदवार...










