राजनीति/ समाज

वाम गठबन्धनले टुंग्यायाे राष्ट्रिय–सभाको सिट (सूचीसहित)

एमाले–माओवादीको संयुक्त कार्यदल बैठकले राष्ट्रिय सभाको सिटसंख्यामा भागवण्डा टुंग्याएको छ । राष्ट्रियसभामा जम्मा ५९ जना सांसद रहने संबैधानिक व्यवस्था रहेको छ । जसमध्ये ३ जना राष्ट्रपतिबाट मनोनित हुनेछन् भने प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना सांसद निर्वाचित हुनेछन् । वाम गठवन्धनले ४३ सिटका लागि मात्रै भागवण्डा मिलाएका छन्...

यस कारण तोकियो हेटौँडालाई ३ नम्बर प्रदेशको अस्थायी राजधानी

मकवानपुर, ३ माघ । सरकारले बुधबार सातै वटा प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखको टुङ्गो लगाएको छ । आज बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो । निर्णय अनुसार यस अघि नै अस्थायी राजधानी तोकिएर पूनः खारेज गर्ने सम्मको हल्ला चलिसकेको मकवानपुरको हेटौँडालाई प्रदेश नम्बर ३ को अस्थायी...

कामचलाउ सरकारले बाँड्यो साढे १६ करोड

काठमाडौँ, १ माघ । काम चलाउको अवस्थामा पुगिसकेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले १८ दिनमा दलका नेता तथा कार्यकर्तालाई आर्थिक सहायताको नाममा साढे १६ करोड रुपैयाँ बाँडेको छ । नयाँ जनादेश आएपछि कामचलाउ भएको देउवा सरकारले मंसिर २५ र पुस १३ गते गरी ८ सय ७३ जनालाई...

माओवादी केन्द्रले माग्यो चार प्रदेशसभा सभामुख

काठमाडौँ, ३० पुस । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त कार्यदलको बैठकमा माओवादी केन्द्रले चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बेलुका बसेको बैठकमा माओवादी केन्द्रका नेताहरुले दुई मुख्यमन्त्री सहित चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव अघि सारेका हुन्...

केही दिनभित्रै काँग्रेस केन्द्रीय समितिको बैठक बस्छ : प्रवक्ता

काठमाडौँ, ३० पुस । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले पार्टीलाई बलियो र सशक्त बनाएर अगाडि बढाउनका लागि गम्भीर छलफल गर्न केन्द्रीय कार्यसमितिको...

राष्ट्रियसभाको चुनावपछि सरकारबाट बाहिरिँदै देउवा

धनगढी, ३० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने बताउनुभएको छ । सात नम्बर प्रदेश सुदूरपश्चिमको प्रमुख तीर्थस्थलका रुपमा रहेको गोदावरीधाममा आयोजित ‘गोदावरी बाह्र राशि मकर मेला, २०७४’ को आज उद्घाटन गर्दै उहाँले “राष्ट्रियसभाको चुनावपछि आफूले सरकारबाट बाहिरिने स्पष्ट गर्नुभयो ।” उहाँले आफ्नो व्रतबन्ध भएको...

‘ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष’

भक्तपुर, ३० पुस । नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन तोड्न देशीविदेशी शक्तिको चलखेल बढेको बताएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा युवा नेता शाहीले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्य्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोग गर्न देशीविदेशी शक्ति लागे पनि त्यसले पूर्णता नपाउने...

विकासका लागि बाम गठबन्धनः पृथक

मकवानपुर २९ पुस । माओवादी केन्द्र मकवानपुरका संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले विकासको लागि बाम गठबन्धनको अवधारणा ल्याईएको र सधैं एकजुट भएर बाम एकता जारी राख्ने कुरामा आफुले सहयोग गर्ने बताएका छन् । आज हेटौंडा १८ मा भएको माओवादि केन्द्र र नेकपा एमालेको संयुक्त चुनावी समिक्षासभामा बोल्दै...

प्रधानमन्त्री शेरबहादुर देउवा द्वारा श्रद्धाञ्जलि

भीमदत्तनगर, २९ पुस । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का काँग्रेस पूर्व वडासभापति नारायणदत्त भट्टको पार्थिक शरीरमा आज श्रद्धाञ्जलि अर्पण गरेका छन् । कञ्चनपुरको भीमदत्तनगर आइपुग्नु भएका प्रधानमन्त्री देउवाले आज बिहान भीमदत्तनगरपालिका–६ स्थित वडासभापति भट्टको घरमै पुगेर पार्थिक शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त...

राजनीतिलाई उमेरले होइन एजेण्डाले निर्देशित गर्नुपर्छ– प्रवक्ता शर्मा

काठमाडौँ, २६ पुस (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिलाई उमेरले होइन एजेण्डाले निर्देशित गर्नुपर्ने बताउनुभएको छ । पार्टी प्रवक्तामा मंगलबार नियुक्त भएपछि उहाँले आज काँग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै निर्वाचनमा पार्टीको पराजयपछि काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा फरक फरक धारणा आउनु स्वभाविक हो भन्नुभयो...