प्रेस चौतारी मकवानपुरको स्थापना दिवस वृद्धाश्रममा

तु खबर संवाददाता
२०७४ माघ २२, सोमबार ११:२६

मकवानपुर, २२ माघ । नेकपा एमाले संम्वद्ध पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले आफ्नो स्थापना दिवस मकवानपुरको एक वृद्धाश्रममा मनाएको छ । चौतारीले २० औँ वार्षिकोत्सव हेटौँडामा रहेको ओम बृद्धाश्रममा फलफुल वितरण गरेर मनाएको हो ।

मकवानपुर शाखाको आयोजनाम भएको कार्यक्रममा आश्रममा रहेका २५ जना बृद्धबृद्धाको लागि फलफुल वितरण गरिएको छ । प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै एमाले मकवानपुरका सचिव तथा प्रचार विभाग प्रमुख एकालाल श्रेष्ठले मकवानपुरमा सबैभन्दा धेरै बृद्धबृद्धालाई आश्रय दिएको ओम बृद्धाश्रमको विषयमा स्थानीय तहको सहयोग आवश्यक रहेको बताए । सबैभन्दा धेरै बृद्धबृद्धा भएको आश्रमको लागि ठुला दाताहरु आवश्यक रहेको भन्दै उनले सबैलाई सहयोगको लागि आग्रह समेत गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*