राजनीति/ समाज
प्रदेश नं १मा एमालेबाट संसदीय दलको नेता बन्न तीनजनाको दाबी
विराटनगर, २३ माघ नेकपा (एमाले)को प्रदेश नं १को संसदीय दलको नेता चयनका लागि सहमति हुन नसकेपछि माघ २६ गते निर्वाचन हुने भएको छ । सो पार्टीबाट प्रदेश सांसदका रुपमा भोजपुरबाट निर्वाचित शेरधन राई, सुनसरीबाट निर्वाचित भीम आचार्य र मोरङबाट निर्वाचित जीवन घिमिरेले संसदीय दलको नेताका लागि दाबी गरेपछि निर्वाचन...
प्रदेश नं ५ को निर्वाचन तयारी पूरा
तुलसीपुर, दाङ, २३ माघ । राष्ट्रियसभा सदस्यका लागि ५ नं प्रदेशबाट भोलि दाङमा हुने निर्वाचनको तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । त्यहाँ दुई वटा मतदान केन्द राखिएका छन् । एउटा मतदान केन्द्रमा प्रदेशसभा सांसदले मतदान...
‘हेटौँडा प्रदेशको राजधानी बने सांसदहरु भाडाको घरमा बस्न नपर्ने’ – मेयर
हेटौँडा, २३ माघ । प्रदेश नं ३ का सांसदहरुलाई हेटौँडामा भाडाको घरमा बस्न नपर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतका अनुसार यहाँ सांसदहरुका लागि सरकारी भवनमा आवासको व्यवस्था गरिने भएकाले भाडाको घर खोज्न नपर्ने भएको हो । मुख्य मन्त्री र मन्त्रीसँगै अन्य जिल्लाबाट आउने सांसदलाई पनि सरकारी...
अध्यक्ष राणा स्वास्थ्योपचारका लागि भारत प्रस्थान
काठमाडौँ, २३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का अध्यक्ष पशुपतिशम्शेर जबरा स्वास्थ्योपचारका लागि आज बिहान भारततर्फ प्रस्थान गर्नुभएको छ । मुम्बईस्थित प्राकृतिक चिकित्सालयमा करिब दुई सातासम्म उहाँको स्वास्थ्योपचार गरिने पार्टी महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आज साँझ नयाँदिल्लीमा केही भारतीय नेतासँग समेत भेटघाट गर्नुहुनेछ । रासस
शहिद वासुदेवको स्मृति भवनमा ३ नम्बर प्रदेशको सभा बस्ने (फोटो फिचर)
मकवानपुर, २३ माघ । वि.सं. २०६२–०६३ को जन आन्दोलनमा शहिद भएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका आमभञ्ज्याङका शहिद वासुदेव घिमिरेको स्मृति भवन ‘वासुदेव सभागृह’ मा ३ नम्बर प्रदेश सांसदहरुको भवन बनाईने तयारी गरिएको छ । हेटौँडा–४ हुप्रचौरमा रहेको सभागृहलाई प्रदेश नंबर ३ को सांसद भवन वनाउने तयारी गरिएको प्रदेशसभा सचिवालय श्रोतले...
प्रदेश ४ को प्रदेशसभा बैठक दर्शकदीर्घाबाट
पोखरा, २३ माघ । सातै प्रदेशमा प्रदेशसभाका बैठक धमाधम शुरु भएसँगै जनता र राजनीतिक दलले लामो समयदेखि संघर्ष गर्दै आएको संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरेको टिप्पणी गरिएको छ । प्रदेशसभा नं ४ को प्रदेशसभा बैठकको दर्शकदीर्घामा रहेर अध्ययन गर्नुभएकी पूर्वसांसद बलावती शर्माले भन्नुभयो– यो बैठक बसिरहँदा हिजोदेखि हामीले संघर्ष...
९५ प्रतिशत सांसद पहिलो पटक संसदीय अनुभव बटुल्दै
धनगढी, २२ माघ । त्रिपन्न प्रदेशसभा सदस्य रहेको प्रदेश नं ७ मा ९५ प्रतिशत सांसदले पहिलो पटक संसदीय अनुभव बटुल्दै हुनुहुन्छ । चारवटा दलका सांसद रहेको यस प्रदेशको संसद्मा सबैभन्दा बढी नेकपा ९एमाले०का २५ जना सांसद रहेका छन् । एमालेका सबै सांसद संसद्मा नयाँ अनुहार हुन् । नेकपा (माओवादी...
प्रदेश नं ४ को सभामुख र उपसभामुखको निर्वाचन फागुन ३ गते हुने
पोखरा, २२ माघ प्रदेश नं ४ को प्रदेशसभा सभामुख र उपसभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ । आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ । रासस
निर्वाचित प्रतिनिधि स्वागत एवं सम्मान कार्यक्रम गर्ने
विराटनगर, २२ माघ । नेपाली काँग्रेस मोरङ शाखाले प्रदेश नं १ बाट निर्वाचित प्रदेश सभासद्, स्थानीय निकायका प्रतिनिधिहरुलाई स्वागत एवं सम्मान गर्ने भएको छ । उक्त द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्ला सचिव नागेश कोइरालाले संंगठन विस्तार गर्न, प्रजातान्त्रिक विचारधारालाई जनतासमक्ष पु¥याउन र नेकाँको जनमत सिर्जना गर्ने उद्देश्यले...
प्रेस चौतारी मकवानपुरको स्थापना दिवस वृद्धाश्रममा
मकवानपुर, २२ माघ । नेकपा एमाले संम्वद्ध पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले आफ्नो स्थापना दिवस मकवानपुरको एक वृद्धाश्रममा मनाएको छ । चौतारीले २० औँ वार्षिकोत्सव हेटौँडामा रहेको ओम बृद्धाश्रममा फलफुल वितरण गरेर मनाएको हो । मकवानपुर शाखाको आयोजनाम भएको कार्यक्रममा आश्रममा रहेका २५ जना बृद्धबृद्धाको लागि फलफुल वितरण गरिएको...









