राजनीति/ समाज

एमालेले कात्तिक १४ मा चियापान कार्यक्रम गर्ने

काठमाडौं । नेकपा एमालेले दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा यही कात्तिक १४ गते चियापान कार्यक्रम गर्ने भएको छ । केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार, केन्द्रीय कार्यालय च्यासलमा चियापान कार्यक्रम राखिएको हो । ‘नेपालीहरुको ठूला चाडहरुको अवसरमा शुभकामना आदान–प्रदान गर्न पार्टी अध्यक्षले चियापान राख्नुभएको हो’, अधिकारीले भने ।

एमाले मनहरीद्वारा शुभकामना आदानप्रदान तथा चियापान

मकवानपुर । नेकपा एमाले मनहरी गाउँपालिका कमिटीले बडादशैँ, शुभ दिपवाली तथा छठ पर्वको अवसरमा बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम एमाले मनहरीका अध्यक्ष नविन सुवेदीको सभाध्यक्षता एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा कार्यक्रमको प्रमुख अतिथि पौडेल...

बजाजको बाइक खरिद गर्ने थिङ्ले जिते नगद ५० हजार

मकवानपुर । हेटौंडा– १० स्थित होराइजन अटो प्रालिबाट बजाजको पल्सर १५० सिसिको मोटरसाइकल खरिद गर्ने मनहरी निवासी सागर थिङले लक्किड्रमार्फत् नगद ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् । उनलाई बुधबार होराइजनका सञ्चालक राजु रत्न बज्राचार्य र लालकाजी रत्न बज्राचार्यले पुरस्कार बापत्को रकम हस्तान्तरण गरेका हुन् । बडा दसैंलगायतका विभिन्न...

‘कानुनलाई कार्यान्वयन गरी परिणाममुखी बनाउनेमा सरकार प्रतिबद्ध छ’

मकवानपुर । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले ऐन कानुनलाई कार्यान्वयन गरी परिणाममुखी बनाउनेमा सरकार प्रतिवद्ध रहेको बताएका छन् । मन्त्री श्रेष्ठले बुधबार हेटौंडामा शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रदेश सरकारद्धारा निर्माण गरिएका ऐन कानुनलाई कार्यान्वउन गरी रणाममुखी बनाउनेमा सरकार प्रतिवद्ध...

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर । संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले आज विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । अहिलेसम्मको राजनीतिक परिस्थिति र दलहरूको प्रतिक्रियाको आधारमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने...

प्रधानमन्त्री प्रचण्ड मुस्ताङ प्रस्थान

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज बिहान मुस्ताङ प्रस्थान गरेका छन् । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रचण्ड आज बिहानै मुस्ताङ प्रस्थान गरेका हुन् । सो क्रममा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण...

युवा संघ नेपालको आयोजनामा पब्जी प्रतियोगिता हुने

काठमाडौं । नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघ नेपालले कार्तिक २५ गतेदेखि पब्जी प्रतियोगिताको आयोजना गर्ने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । प्रतियोगिता अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिताको नियमअनुसार खेलाइने छ । खेलका दौरान कुनै विवाद भए आयोजकको निर्णय नै अन्तिम हुने युवा...

राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभाको भोलि मंगलबारका लागि आह्वान गरिएको बैठक स्थगित भएको छ । सङ्घीय ससद सचिवालयका महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै मंगलबार दिउँसो दिनको १ः०१ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभा बैठक स्थगित भएको जानकारी गराएको हो । जारी सूचनामा राष्ट्रिय सभाको भोलिका लागि निर्धारित...

कांग्रेस मकवानपुरद्वारा शुभकामना आदानप्रदान

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले सोमबार हेटौंडामा नेपालीहरुको महान चाडपर्व बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत एवम् छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो...

एकीकृत समाजवादीका वरिष्ठ नेता खनाल चीन प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी आइतबार राति चीन प्रस्थान गरेको नेकपा एकीकृत समाजवादीले जनाएको छ । पार्टीका केन्द्रीय विदेश विभाग सचिव डा. शङ्कर खतिवडाका...