जसपाले बागमती प्रदेशस्तरीय प्रशिक्षणको आयोजना गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बागमती प्रदेशस्तरीय प्रशिक्षणको आयोजना गर्ने भएको छ । जसपाले यही कात्तिक १७ गते प्रशिक्षणको आयोजना गर्ने भएको हो ।
सो प्रशिक्षणमा प्रशिक्षकको रुपमा पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष अशोककुमार राई, पार्टीका शीर्ष नेता एवम् संगठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठ रहने जनाइएको छ ।
प्रशिक्षणमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु, प्रदेश समिति सदस्यहरु, नेवा र ताम्सालिङ राष्ट्रिय समितिका सदस्यहरु पुनर्गठित जिल्ला समितिका पदाधिकारीहरु र पुनर्गठित पालिका समितिका अध्यक्षहरु सहभागी हुनेछन् ।
