कांग्रेसको शुभकामना र चियापान कार्यक्रम आज
काठमाडौं । नेपाली कांग्रेसले आज शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम आज दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गर्ने भएको हो ।
विजया दशमी, शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वलगायतको अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने खतिवडाले बताए ।
उनका अनुसार, अन्य जिल्लाको भने जिल्ला कार्य समितिले आयोजना गर्ने छन् ।
