कांग्रेसको शुभकामना र चियापान कार्यक्रम भोलि
काठमाडौं । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले भोलि शनिबार शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम भोलि दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गर्ने भएको हो ।
बडादसैँ, शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वलगायतको अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ भने अन्य जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने छन् ।
