राजनीति/ समाज
स्वर्गीय मदन भण्डारीकै कारण देश अहिलेको अवस्थामा आएको हो–मुख्यमन्त्री पौडेल
मकवापनुर, १० फागुन । प्रदेश नम्बर ३ का मूख्मन्त्री डोरमणी पौडेलले स्वर्गीय नेता मदन भण्डारीकै योगदानका कारण देश अहिलेको अवस्थामा आएको बताएका छन् । मदन भण्डारी फाउण्डेसनले बिहीबार हेटौँडामा गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै पौडेलले स्वर्गीय भण्डारीको सिद्धान्तकै बलमा देशले अहिलेको अवस्था देख्न पाएको बताएका हुन् । मदन...
प्रदेश नं ६ मा कर्मचारी नहुँदा समस्या
सुर्खेत, १० फागुन । प्रदेश नं ६ मा केन्द्रीय सरकारले खटाएका कर्मचारी अझै आइपुगेका छैनन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मातहतका मन्त्रालयमा दरबन्दीअनुसारका कर्मचारी समयमै नआइपुग्दा कर्मचारीको अभाव भएको हो । प्रदेश प्रमुखको कार्यालय १३, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय २१, प्रदेशसभा संसद्को सचिवालयमा २८, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा...
पन्ध्र दिनभित्रमा प्रतिवेदन बुझाउन दुई कार्यदललाई जिम्मेवारी
काठमाडौँ, १० फागुन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताका लागि गठित राजनीतिक र सांगठनिक दुई कार्यदललाई १५ दिनभित्र पार्टी एकताको खाकासहितको प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित बसेको दुवै कार्यदलको बैठकले १५...
निर्वाचतन सकिएको लामो समय बित्दा पनि निकायले टहरामै सेवा दिँदै
बाजुरा, १० फागुन । स्थानीय तहको निर्वाचन सकिएको लामो समय बितिसक्दा पनि ती निकायले भने अझैसम्म टहराबाटै सेवा दिँदै आएका छन् । जिल्लाका चार नगरपालिका र पाँच गाउँपालिकामध्ये चार गाउँपालिकाले टहरामा सेवा दिँदै आएका हुन् । जिल्लाको उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, पाण्डवगुफा गाउँपालिका तल्लोध क्षेत्रको गौमुल...
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता
काठमाडौँ, १० फागुन । मन्त्रिमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबारे नेकपा ९एमाले०का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता जारी रहेको र त्यसलगत्तै दुई दलको संगठन तथा राजनीतिसम्बन्धी कार्यदलको बैठक बस्ने...
मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने
महेन्द्रनगर, धनुषा, १० फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज संसद्मा विश्वासको मत लिनुहुने भएको छ । प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले दिएको जानकारीअनुसार आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गर्नुहुनेछ । संविधानको धारा १६८ को...
निजामति कर्मचारी र राजनीतिक नेतृत्वमा नैतिकताको बोध नै छैन– मुख्यमन्त्री पौडेल
हेटौँडा, ९ फागुन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुक राजनीतिक आन्दोलनले फड्को मारेको भए पनि निजामती कर्मचारी र दलगत नेतृत्वमा नैतिकताको बोध हुन नसक्दा सन्तोषजनक प्रगति हुन नसकेको बताउनुभएको छ । मकवानपुर बहुमुखी क्याम्पस हेटौँडामा आज आयोजित कार्यक्रममा उहाँले प्रदेशमा रहेका विश्वविद्यालय र उच्च कलेजमा दलीय...
प्राविधिक शिक्षालय निर्माणका लागि मुख्यमन्त्री पौेडेल अष्ट्रेलिया सरकारसँग सहकार्य गर्न तयार
मकवानपुर, ९ फागुन । प्रदेश नम्बर ३ मा प्राविधिक शिक्षालय स्थापनाका लागि मुख्यमन्त्री डोरमणि पौडेलले अष्ट्रेलिया सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेल र अष्ट्रेलियन राजदुत पिटर वडबीच आज भएको भेटवार्तामा पौडेलले सहकार्यका लागि तयार रहेको बताएका हुन् । नेपाल पहिलो पटक...
एकलौटी ढङ्गले संसदीय पत्रकार मञ्च गठन गरेको भन्दै प्रेस चौतारी र प्रेस सेन्टरको असहमति
मकवानपुर, ९ फागुन । संसदीय पत्रकार मन्च गठनमा छलफलमा सहभागी भएपनि नेतृत्वको विषयमा टुङ्गो नलाग्दै मन्च गठन गरी सबैको उपस्थितिमा गठन गरिएको भनी भ्रम फैल्याएको भन्दै प्रेस चौतारी र प्रेस सेन्टर नेपालले असहमती जनाउँदै संयुक्त प्रेस विज्ञप्ती जारी गरेको छ । प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल र प्रेस...
माओवादी केन्द्र बाग्मती गाँउपालिका प्रथम सम्मेलनका लागि कार्यबिभाजन सम्पन्न
मकवानपुर ८ फागुन । नेकपा माओवादी केन्द्र बाग्मती गाँउपालिकाको बैठक आज मंगलबार मकवानपुरको फापरवारीमा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र बाग्मती गाउँपालिकाका ईन्चार्ज सर्केश घलानको अध्यक्षतामा भएको बैठकले फागुन २१ गते सहिद सप्ताहको अन्तिम दिनलाई केन्द्र बिन्दु बनाएर गाउँपालिका सम्मेलनका लागि कार्यबिभाजन तथा कार्यक्रमहरु तय गरेको छ ।...









