राजनीति/ समाज
प्रदेश ३ को प्रदेशसभा बैठक आज, प्रदेश सभा नियमावली मस्यौदा प्रतिवेदन पेश हुने
-चन्द्र घलान मकवानपुर, १३ फागुन । प्रदेश नम्बर ३ को अस्थायी राजधानी मकवानपुरको हेटौँडामा आज प्रदेशसभा बैठक बस्दैछ । फागुन १३ गते दिउँसो ४ बजे बस्ने गरि गएको माघ २८ गते स्थगित गरिएको बैठक आज निर्धारित समयमा हुने प्रदेशसभा सचिव भरत कुमार बुढाथोकीले जानकारी दिए । आजको बैठकको सम्भावित...
काँग्रेस बैठकले गर्ने भयो संसदीय दलको विधान अनुमोदन
काठमाडौँ, १३ फागुन । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान पारित गरी संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।...
चुरोट कारखानाको भवनमा मन्त्रालय
महेन्द्रनगर, धनुषा, १३ फागुन । जनकपुर उपमहानगरपालिकास्थित जनकपुर चुरोट कारखाना (जचुकाली) को प्रांगण भित्रको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना गरिएको छ । जचुकालीको चार तल्ले अधिकृत निवास भवनमा प्रदेश २ का चारवटा मन्त्रालय स्थापना गरिएको छ । जसको पहिलो तल्लामा सामाजिक विकास, दोस्रोमा आर्थिक मामिला तथा योजना, तेस्रोमा आन्तरिक...
प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउँछु मुख्यमन्त्री
कञ्चनपुर, १३ फागुन । माइती नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा मानव बेचबिखनविरुद्ध देशव्यापी रुपमा चेतना फैलाउने उद्देश्यसहित मेची महाकाली अभियान शनिबारदेखि कञ्चनपुरबाट शुरु गरिएको छ । अभियानको कञ्चनपुर सदरमुकाम महेन्द्रनरमा उद्घाटन गर्नुहुँदै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई मानव बेचबिखन मुक्त प्रदेश बनाउने बताउनुभएको छ । उहाँले प्रदेश...
वाइसिएलमा पाचेमगर अध्यक्ष
मकवानपुर, १२ फागुन । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन वाईसिएल सर्लाही जिल्ला कमिटिको अध्यक्षमा सञ्जय पाचे मगर चयन भएका छन् । शनिबार भएको पाँचौ जिल्ला सम्मेलनबाट मगरको अध्यक्ष रहने गरि ६१ सदस्यीय नयाँ कमिटि चयन गरिएको वाइसिएल सर्लाहीले जानकारी दिएको छ । कमिटिको उपाध्यक्षमा शुशिल न्यौपाने र रामप्रबेश राय,...
माओवादी निकट ट्रेड युनियनमा गंगा चयन
मकवानपुर, १२ फागुन । नेकपा माओवादी केन्द्र निकट संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरको अध्यक्षमा गंगा भट्टराई चयन भएका छन् । शनिबार हेटौँडामा भएको जिल्ला सम्मेलनले अध्यक्षमा भट्टराईलाई चयन गरेको हो । भट्टराई यस अघि आयोजक समितिका संयोजक थिए । सम्मेलनले भट्टराई अध्यक्ष रहने गरि २१ सदस्यीय नयाँ...
प्रदेश नं ४ लाई चार ‘स’को प्रदेश बनाउँछौं मुख्यमन्त्री गुरुङ
बेनी, म्याग्दी, १२ फागुन प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ नं प्रदेशलाई सुन्दर,शान्त,समृद्ध र सभ्य अर्थात् ४ ‘स’ को प्रदेश बनाउने बताउनुभएको छ । आज म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ‘वि वान’ बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । देशभरका करिब दुई हजार...
सोमबार सबै मन्त्रीको शपथ ग्रहण हुने : अध्यक्ष दाहाल
चितवन, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताउनुभएको छ । प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो...
मुख्यमन्त्री डोरमणि पौडेलसँग त्रिशुली बचाउको माग, यस्ता छन् जनताका मागहरु
मकवानपुर, ११ फागुन । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई त्रिशुली बचाउ अभियानको तर्फबाट ज्ञापन पत्र बुझाइएको छ । जिल्ला दौडका क्रममा पहिलो पटक आज धादिङमा मुख्यमन्त्री पौडेललाई त्रिशूली बचाउ अभियानको तर्फबाट ज्ञापनपत्र बुझाएर नदी संरक्षण तथा पर्यावरण जोगाउन माग गरिएको हो । त्यस्तै फियान नेपालले भूमि, वन, जिविकोपार्जन,...
मुख्यमन्त्री डोरमणि पौडेलसहित ३ मन्त्रीहरु धादिङमा
मकवानपुर, ११ फागुन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलसहितको मन्त्री टोली धादिङमा पुगेका छन् । मुख्यमन्त्री पौडेलसहित स्थानीय मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल र भौतिक पूर्वाधारमन्त्री केशव स्थापित शुक्रबार धादिङमा पुगेका हुन् । उनीहअरुलाई धादिङ जिल्ला समन्वय समितिले स्वागत गरेको छ ।










