राजनीति/ समाज
अध्यक्ष दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता
काठमाडौँ, ८ फागुन । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले भेटवार्ता गर्नुभएको छ । खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा आज भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा नेपाल र चीनबीचको आपसी हित तथा चासोका विषयमा छलफल भएको थियो...
सरकारको निर्णयप्रति काँग्रेसको विरोध
काठमाडौँ, ८ फागुन । नेपाली काँग्रेसले सरकारले राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका नाम बाहेक आजको मन्त्रिपरिषद् बैठकले नयाँ नाम सिफारिस गरेकोमा काँग्रेसले विरोध जनाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । सरकारले बिना तर्क राष्ट्रियसभा...
क्षेत्रीय अस्पताललाई प्रदेशकै नमूना बनाइने :मुख्यमन्त्री शाही
सुर्खेत, ८ फागुन । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतलाई प्रदेशकै नमूना अस्पताल बनाइने बताउनुभएको छ । अस्पतालको १२औँ स्थापना दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उहाँले अपस्पताललाई सुविधा सम्पन्न बनाएर यहाँका नागरिक उपचारकै लागि बाहिर जानुपर्ने झन्झटको अन्त्य गर्ने बताउनुभयो । प्रदेश सरकारले आगामी...
अघिल्लो सरकारले गरेको निर्णय फिर्ता
काठमाडौँ, ८ फागुन । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले राष्ट्रियसभामा तीन सदस्य मनोनयनका लागि अघिल्लो सरकारले गरेको निर्णय फिर्ता लिई नयाँ नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि तीन नाम सार्वजनिक भने गरिएको छैन । यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री...
काँग्रेसद्वारा तीनजनालाई कारबाही
उर्लाबारी, मोरङ, ८ फागुन । नेपाली काँग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही गरेको छ । उर्लाबारीमा क्षेत्रीय सभापति खड्ग फागोको सभापतित्वमा सोमबार बसेको पार्टी क्षेत्रीय समितिको बैठकले पार्टीका क्रियाशील सदस्य भीमबहादुर राउत, रामप्रसाद...
समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ : प्रम ओली
काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र र संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको नेपालको संविधान नेपाली जनताको प्रतिनिधिबाट...
संघीय संसद्को प्रथम अधिवेशन आह्वान
काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा यही फागुन २१ गते सोमबार संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा सो दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेश्वरमा संसद्को अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति...
पार्टीलाई रु आठ लाख सहयोग
काठमाडौँ, ६ फागुन । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय सदस्य सुन्दर पाण्डेले पार्टीलाई आज रु आठ लाख सहयोग प्रदान गर्नुभएको छ । नेता पाण्डेले अध्यक्ष डा प्रकाशचन्द्र लोहनीलाई प्रदेश तथा केन्द्रीयस्तरमा राजनीतिक गतिविधि एवं प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सो सहयोग गरिएको जानकारी दिनुभयो । रासस
नेविसंघलाई चलायमान बनाउनुपर्ने निर्णय
विराटनगर, ६ फागुन । नेपाल विद्यार्थी संघलाई चलायमान र थप सुुदृढ बनाउनुपर्ने निर्णय गर्दै प्रदेश नं. १ स्तरीय नेविसंघको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । भातृ संगठन कमजोर भएका कारण नेपाली काँग्रेसले निर्वाचनमा हार व्योहर्नुु परेकाले भातृसंघ संगठनका भावना बुुझ्ने नेतृत्व आवश्यक रहेको सहभागीहरुको भनाई छ । नेपाली...
अध्यक्ष दाहाल संसदीय दलका नेता निर्वाचित
काठमाडौँ, ६ फागुन । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको संसदीय दलको नेतामा चुनिनुभएको छ । माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्टी प्रवक्ता पम्फा भुसालले राससलाई जानकारी दिनुभयो । बैठकले वैचारिक पाटालाई एमाले र माओवादी केन्द्रबीचको वार्ता र...









