बालुवाटारबाट प्रधानमन्त्रीको प्रश्न : प्रधानन्यायाधीश कहिले जन्मिएको हो, देशले थाहा नपाउने ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश कहिले जन्मिएको हो, देशले थाहा पाउनु पर्ने बताएका छन् । बुधबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । यो मल्ल युद्धको विषय नभएको उनले टिप्पणी गरे । न्याय पाउँ भनेर अदालत पुगेका नागरिक यत्तिकै फर्केको देखेको भन्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा देखिएको विवाद बारे मुख खोलेका हुन् । उनी न्यायालयको विषयमा निकै आक्रोशित रुपमा प्रस्तुत समेत भएका छन् ।
