राजनीति/ समाज

वाम पार्टी एकता बारे धैर्य गर्न मोक्तानको आग्रह

मकवानपुर, ६ फागुन । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं प्रदेश संसदीय दलका उपनेता कुमारी मोक्तानले पार्टी एकताका बारेमा धैर्य गर्न कार्यकर्ताहरुलाई आग्रह गरेकी छिन् । शनिबार हेटौंडामा नेकपा माओवादी केन्द्र हेटौंडा नगर कमिटिको सम्मेलनमा बोल्दै प्रमुख अतिथि मोक्तानले पार्टी एकता अघि बढिसकेको भन्दै केन्द्रको निर्देशन अनुसार मात्र अघि...

प्रदेश नं ५ को उपसभामुखमा थारुको उम्मेदवारी

बुटवल, ५ फागुन । प्रदेश नं ५ को उपसभामुख पदका लागि कृष्णी थारुले आज प्रदेशसभा सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र०का साझा उम्मेदवारका रुपमा उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । थारु एमालेबाट प्रदेशसभा सदस्य हुनुहुन्छ । उहाँको प्रस्तावकमा नेकपा एमालेका प्रदेश...

माओवादी नगर सम्मेलनको तयारी पुरा

हेटौँडा, ४ फागुन । नेकपा माओवादी केन्द्र मकवानपुर हेटौँडा उपमहानगरपालिकाको दोस्रो सम्मेलनको तयारी पुरा भएको छ । यही फागुन ५ गते शनिबार हुने सम्मेलनको लागि उपमहानगरपालिकाको १९ वडाका २० सदस्य बराबर १ प्रतिनिधि,जबस, मनोनित र आयोजक समिति गरि ३ सय १५ जना प्रतिनिधि रहने पार्टीका संचार विभाग प्रमुख कमान...

मुख्यमन्त्री, सभामुख र मन्त्रीद्वारा शपथ ग्रहण

पोखरा, ४ फागुन । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी र मन्त्री रामशरण बस्नेतले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको पोखरास्थित सरकारी निवासमा प्रदेश प्रमुख बाबुराम कुँवरले उहाँहरूलाई शपथ ग्रहण गराउनुभयो । शपथ ग्रहण समारोहमा प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल...

प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई तथा भारत भ्रमणको निम्तो

भक्तपुर, ४ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुभएको छ । मोदीले बिहीबार राति १०ः३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तोसमेत दिनुभएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भारतीय प्रधानमन्त्री मोदीले...

प्रम ओलीले गरे शपथ ग्रहण

काठमाडौँ, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली,...

मुख्य मन्त्रीमा सांसद भट्ट नियुक्त

धनगढी, ३ फागुन । प्रदेश नं ७को मुख्य मन्त्रीमा नेकपा ९माओवादी केन्द्र०का संसदीय दलका नेता त्रिलोचन भट्ट आज नियुक्त हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८को उपधारा २ बमोजिम माओवादी संसदीय दलका नेता भट्टलाई मुख्य मन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्य मन्त्रीको...

प्रधानमन्त्रीद्वारा राजीनामा

काठमाडौँ, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवास पुगी प्रधानमन्त्री देउवाले राजीनामा दिनुभएको र राष्ट्रपति भण्डारीले कार्यकाल पूरा गरेकामा धन्यवाद दिनुभएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो । निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश भएपछि नयाँ सरकार गठन प्रक्रिया...

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई पत्र

काठमाडौँ, ३ फागुन । वाम गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्न दाबीपत्र प्रस्तुत गरेको छ । एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको सो पत्र केहीबेर अघि राष्ट्रपति कार्यालय, शीतल निवासमा बुझाइएको हो ।...

प्रदेश नं ६ मा सात वटा मन्त्रालय स्थापना गरियो

सुर्खेत, ३ फागुन । प्रदेश नं ६ मा बिहीबार सात वटा मन्त्रालय स्थापना गरिएका छन् । प्रदेश मुख्यसचिव सुरेश प्रधानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित छ मन्त्रालय स्थापना गरिएको बताउनुभयो । प्रदेश नं ६ प्रदेशमा सात वटा मन्त्रालय रहने छन् । दुई साताअघि नै क्षेत्रीय प्रशासन कार्यालय भवनमा मुख्यमन्त्री तथा...