प्रधानन्यायाधीश नेतृत्वको बेन्चनै न्यायाधीशद्वारा बहिस्कार

तु खबर संवाददाता
२०७४ फाल्गुन २८, सोमबार १३:१७

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकास गएको साउन महिनामै भइसकेको भन्दै सर्वोच्चका न्यायाधीश चोलेन्द्र शम्शेर जवराले आजको बेन्च बहिस्कार गरेका छन् ।

कान्तिपुर दैनिक र डा. गोविन्द केसी विरुद्ध अदालतको मानहानी गरिएको विषयमा परेको निवेदन उपर प्रधानन्यायाधीश पराजुलीले पूर्ण इजलास तोकेका थिए । सो इजलासमा अन्य न्यायाधीशसहित जबरा पनि थिए ।

अवकास पाइसकेका प्रधानन्यायाधीशसँगै बसेर मुद्धा हेर्न नमिलेको भन्दै उनले बेन्च बहिस्कार गरेपछि न्यायिक इतिहासमै नेपालमा यो अनौठो घटना हुन पुगेको छ । न्याय परिषद ऐनका आधारमा २०७४ साउन २१ गते उहाँको अवकास भइसकेको छ, अवकास प्राप्तसँगै बसेर मुद्धा हेर्न नसकिने भन्दै उनले बेन्च बहिस्कार गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*