राजनीति/ समाज

अदालतले विप्लवलाई पक्राउ गर्न दियो आदेश

काठमाडौं, फागुन १६  नेपाल कम्युनिष्ट पार्टीका नेत्र विक्रम चन्द विप्लवलाई पक्राउ गर्न जिल्ला अदालत भोजपुरले वडा प्रहरी कार्यालय कपिलवस्तुलाई आदेश दिएको छ । चन्दलाई ज्यान मार्ने धम्की तथा विस्फोटक पदार्थ मुद्धाको कसुरमा पक्राउ गरी जिल्ला अदालत भोजपुरमा उपस्थित गराउन प्रहरीलाई अदालतले आदेश दिएको छ । विप्लव समूहले एनसेलका टावरमा...

वैद्य र विप्लव समूहबीच कार्यगत एकता

रत्ननगर, चितवन, १६ फागुन । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ । मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने सहमति गर्दै चारबुँदे संयुक्त विज्ञप्ति जारी गरेको छ । नेकपा ९क्रान्तिकारी माओवादी० चितवनकी जिल्ला इन्चार्ज अम्बिका मुडबरीका...

प्रदेश नम्बर ३ मा ४ मन्त्रीको टुङ्गो लाग्यो, दुलाल सामाजिक विकास मन्त्री हुने

-चन्द्र घलान मकवानपुर, १६ फागुन । आज साँझ नै ३ नम्बर प्रदेशको मन्त्री परिषद विस्तार हुने भएको छ । मुख्यमन्त्रीको कार्यालय निकट श्रोत अनुसार आज ४ जना मन्त्रीहरु नियुक्त हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले थमाएको मन्त्रीको लिष्ट र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यको सुझाव अनुसार आज प्रदेशका मुख्यमन्त्री डोरमणि...

हेटौंडाबाट प्रदेश राजधानी सारेरै छाड्ने खेलमा मन्त्री स्थापित

–चन्द्र घलान मकवानपुर, १६ फागुन । प्रदेश नम्बर ३ मा भौतिक पुर्वाधार विकास मन्त्री बनेका मन्त्री केशव स्थापितलाई हठी स्वभावको नेताका रुपमा नेता, कार्यकर्ता र जनताले चिन्छन् । उनै स्थापितले हठ नगरेका भए काठमाडौँमा घर भत्काएर सडक निर्माण हुने थिएन । तिनै स्थापितले हेटौँडामा २५ मिटर सडक फराकिलो पार्छन्...

आज प्रदेश ३ को मन्त्रिपरिषद बिस्तार हुने, मुख्यमन्त्रीलाई प्रधानमन्त्री र प्रदेश संयोजकको कडा दबाव

मकवानपुर, १६ फागुन । प्रदेश नम्बर ३ मा आज बुधबार मन्त्रीपरिषद बिस्तार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले थमाएको मन्त्रीको लिष्ट र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यको सुझाव अनुसार आज प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीपरिषद विस्तार गर्ने बताइएको छ । यस अघि नै ७ मन्त्रालयमध्ये आन्तरिक मामिला तथा...

हेटौँडालाई प्रदेश राजधानी नबनाउने षड्यन्त्र शुरु, चौतर्फी घेरामा मुख्यमन्त्री पौडेल

–चन्द्र घलान मकवानपुर, १५ फागुन । प्रदेश नम्बर ३ को प्रदेशसभा सचिवालय हेटौँडामा सोमबार बसेको बैठकले ‘३ नम्बर प्रदेशको प्रदेशसभा नियमावली २०७४’ पारित गरिसकेपछि अहिले प्रदेश कानुन निर्माणको तयारीमा ३ नम्बर प्रदेश सरकार अगाडि बढेको छ । तर सोमबार नै सकिएको बैठकपछि ३ नम्बर प्रदेशको राजधानी हेटौँडालाई बन्न नदिने...

कर्मचारीको व्यवस्थापन नहुँदा प्रदेशका मन्त्रालयको कार्य सञ्चालनमा समस्या

सुर्खेत, १५ फागुन । कर्णाली प्रदेशका मन्त्रालयको दैनिक कार्य सञ्चालन गर्न समस्या भएको छ । संघीय सरकारको मतहतमा रहेका क्षेत्रीय निर्देशनालय तथा कर्मचारीको व्यवस्थापन हुन नसक्दा मन्त्रालयको दैनिक कार्य सञ्चालनमा समस्या देखिएको हो । कर्णाली प्रदेशका मन्त्रालय क्षेत्रीय निर्देशनालय रहेका भवनमा स्थापना गर्नुपर्ने अवस्था र क्षेत्रीय निर्देशनालयले पनि आफ्नो...

जनप्रतिनीधि र कर्मचारीको खुट्टा तानातान

कालिकोट, १५ फागुन । कालीकोट जिल्लाका स्थानीय तहमा कार्यभार सम्हालेर काम गरिरहेका करारका कर्मचारीहरुमाथि जनप्रतिनीधिले मनोमानी गर्न थालेको आारेप लागेको छ । जनप्रतिनीधिले करारका कर्मचारीहरुलाई अवकास दिन आदेश गर्न थालेको हो । उनीहरुले कार्यरतलाई हटाई आफ्नो नजिकका मान्छेलाई जागिर दिने दाउमा यस्तो गरेको आरोप छ । जिल्ला समन्वय समितिको...

वाम गठबन्धनसहितको सरकार गठन

राजविराज, १५ फागुन । प्रदेश नं २ मा वाम गठबन्धनसहितको सरकार गठन हुनसक्ने नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा प्रदेश नं २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्, सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित ‘होलीको शुभकामना, बधाई तथा सम्मान कार्यक्रम’ मा नेता मण्डलले प्रदेशको समृद्धि...

प्रचण्डलाई गद्दार घोषित गर्ने वादल गृह मन्त्री बन्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकार विस्तार गर्दैछन् । विस्तारित सरकारमा माओवादी केन्द्रबाट रामबहादुर थापा वादल र मातृका यादव मन्त्री बन्ने भएका छन् । वादललाई गृह मन्त्रालयको जिम्मेवारी दिइने तयारी छ भने यादवको मन्त्रालयको टुङ्गो लागेको छैन । त्यसैगरी, प्रधानमन्त्रीले आजै एमालेका तर्फबाट पनि केहीलाई मन्त्रीपरिषद्मा लैजादै...