प्रधानमन्त्री र गृहमन्त्री तातेपछि गुन्डा नाइके गणेश लामा परे फन्दामा, पेस्तोल र गाेलीसहित पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र १, बिहीबार ११:३७

काठमाडाैं । गुन्डानाइके गणेश लामा पेस्तोलसहित पक्राउ परेका छन् ।

बा ३ च १७२ नम्बरको गाडीसहित उनी काठमाडौंको गौशालाबाट पक्राउ परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिए ।

गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको केहीबेरमै पुगेकाे प्रहरी टाेलीले गुन्डा नाइके लामालार्इ पेस्ताेलसहित पक्राउ गरेकाे हाे ।

पेस्तोलसहित पक्राउ परेका लामाले प्रहरीलाई आफूलाई गोली हान्ने प्रयास भएपछि पेस्तोल खोसेर प्रहरीलाइ दिन ल्याएको बताएका छन् ।

लामालार्इ एउटा पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले पुष्टि गरे । लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएकाे छ ।
– कान्तिपुर लाइभबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*