पराजुलीलाई न्याय परिषदको पत्राचार बैध कि अबैध

तु खबर संवाददाता
२०७४ फाल्गुन ३०, बुधबार २२:२४

काडमाण्डौ ३० फागुन । न्यायपरिषद सचिवालयले सर्वोच्च अदालतको इजलासमै हस्तक्षेप गर्दै काटेको पत्रको आधार नै कमजोर रहेको फेला परेको छ । न्यायपरिषदका सचिव नृपध्वज निरौलाले आधार बनाएको पत्रमा प्रधानन्यायाधिश गोपाल पराजुलीको जन्म मिति २०११ बैशाख १३ भन्ने उल्लेख भएको पाईएको छ ।

दृष्टिलाई प्राप्त परिक्षा नियन्त्रण कार्यालयको पत्रको छायाँकपिमा गोपाल पराजुलीले बीगरन्जस्थित नेपाल राष्ट्रिय विद्यापिठबाट एसएलसी परीक्षा पास गरेको र कार्यालयका रेडर्क अनुसार जन्म मिति २०११र०१र१३ रहेको उल्लेख गरिएको छ ।

परिक्षा नियन्त्रण कार्यालयले आजै न्यायपरिषदमा बुझाएको पत्रकार आधारमा पराजुलीको उमेर बल्ल ६४ वर्ष पुग्दैछन् । स्मरणरहोस्, न्यायाधिशको अनिवार्य अवकासको उमेर ६५ वर्ष हो ।

परीक्षा उपनियन्त्रक विजय प्रसाद आचार्यले हस्ताक्षर गरेको पत्रमा उल्लेख भएकै चलान नं २४२र०७४र०७५ को पत्रलाई न्यायपरिषदका सचिव निरौलाले आधार बनाएका थिए । उनको आधार नै कमजोर देखिएपछि अब पत्रमाथि नै गम्भिर प्रश्न चिन्ह खडा हुन पुगेको छ । प्रधानन्यायाधिशलाई अवकास दिने गरी न्यायपरिषदले काटेको पत्रले सर्वोच्च अदालतको इजलासमाथि हस्तक्षेप भएकोमा न्यायिक क्षेत्रमा बहस सुरु भइसकेको छ ।
गत साउन २१ गते नै समाप्त भएको भन्दै पत्र काटेपनि जुन पत्रलाई आधार बनाएर बनाएर प्रधान न्यायाधीश गोपाल पराजुलीको उमेर हद ६५ वर्ष पुरा भएको पत्र दिइएको छ, सोही पत्रमा नै अझै एक वर्ष कार्यकाल बाँकी रहेको फेला परेपछि न्यायपरिषदका सचिव नृपध्वज निरौला नैतिक गम्भिर नैतिक संकटमा फसेका छन् ।
हिसाब नगरी उमेर हद पुरा भएको भन्दै राष्ट्रपतिको शपथग्रहण अबरुद्ध गर्ने गरी पत्राचार गरेपनि अब उनी स्वयम् धर्म संकटमा फस्ने निश्चित भएको छ । न्यायपरिषदको पत्रले उत्पन्न गराएको गम्भिर परिस्थितिपछि पराजुली र उनको समर्थनमा न्यायालयको सिष्टम भत्काउन उद्यत न्यायाधिशहरुले के गर्दछन् भनेर प्रतिक्षाको विषय बनेको छ ।
यो समाचार दृष्टीन्यूजको सहयोगमा तयार पारिएको हो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*