प्रचण्डले छाने मन्त्री बन्नेको नाम : बुहारी बिना मगरलाई खानेपानी मन्त्रालय

खनालको नाम अटाउँदा जनार्दन फालिए
तु खबर संवाददाता
२०७४ चैत्र २, शुक्रबार १४:४६

काठमाडौँ । माओवादी केन्द्रले पनि आफ्नो तर्फबाट सरकारमा सहभागी गराउने ५ जनाको नाम तय गरेको छ । प्रचण्डले उनकी बुहारी कंचनपुर, १ की साँसद बिना मगरलाई समेत मन्त्री बनाउने भएका छन् । बिनालाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । माओवादीका तर्फबाट बर्षमान पुन उर्जामन्त्री, गिरिराजमणि पोखरेल शिक्षामन्त्री, शक्ति बस्नेत बन मन्त्री र चक्रपाणि खनाल कृषि तथा सहकारी मन्त्री बन्ने भएका छन् । माओवादीका तर्फबाट प्रभावशाली मन्त्रीको छवी बनाएका जनार्दन शर्माको नाम भने हटाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*