राजनीति/ समाज
नेकपाका अध्यक्ष प्रचण्ड आज स्वदेश फर्किँदै
काठमाडौं १४ चैत्र । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज स्वदेश फर्किदै छन् । श्रीमती सीता दाहालको स्वास्थ्योपचार पश्चात अमेरिकामाबाट आज स्वदेश फर्किन लागेका हुन् । अध्यक्ष, अध्यक्षका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली इतिहाद एयरवेजबाट आज अपरान्ह ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।
भीमफेदी गाउँपालिकामा संगठन विस्तार अभियानको तीब्रता
मकवानपुर १४ चैत्र । मकवानपुरको भीमफेदी गाउँपालिकामा संगठन विस्तार अभियानले तीब्रता पाइरहेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ५ र ६ मा संगठक विस्तार कार्यक्रमअन्तर्गत तरुण दल गठन गरिएको छ । भीमफेदी गाउँपालिका वडा नं. ५ मा महेन्द्र बहादुर गोम्जा र वडा नं. ६ मा मिथुन लामाको संयोजकत्वमा...
राप्रपा मकवानपुरले बोलायो बिस्तारित बैठक
मकवानपुर १२ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर जिल्ला कार्य समितिको आज बसेको बैठकले आगामी चैत्र २३ गते जिल्लाको बिस्तारित बैठक बोलाएको छ । बैठकले हालै सम्पन्न भएको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समिक्षा गरेको छ भने आन्दोलनको केन्द्रिय कार्यक्रमलाई सफल र प्रभाबकारी रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।...
विप्लव समूहलाई पक्राउ गरेरै गलाउने रणनीतिमा सरकार, ४५ नेता कार्यकर्ता हिरासतमा (नामसहित)
काठमाडौं । नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सरकारले प्रतिबन्ध लगाएको १५ दिन पुगेको छ। गत फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपालाई आपराधिक समूहको संज्ञा दिँदै प्रतिबन्ध लगाएको थियो। आपराधिक गतिविधिमा संलग्न, चन्दा आतंक, ज्यान मार्नेगरी भएको बम बिस्फोटलगायतका घटनाले उक्त समूह कुनै...
विप्लवलाई हतियार बुझाउन प्रधानमन्त्री ओलीको चेतावनी
काठमाडौं १० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई हतियार बुझाउन चेतावनी दिएका छन् । आइतबार संसद बैठकमा हतियार बुझाउन चेतावनी दिँदै प्रधानमन्त्री ओलीले हतियार नबुझाए कसरी खोस्ने सरकारलाई थाहा भएको बताएका छन् । उनले सरकारले धेरै पटक आग्रह गर्दा पनि निर्वाचन हुन नदिने, बम पड्काउने, निर्दाेष मान्छे...
राष्ट्रिय सहमतिका साथ अघि बढन सरकारलाई आग्रह
काठमाडौं १० चैत्र । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले मुलुकलाई समृद्ध बनाउन राष्ट्रिय सहमतिका साथ अघि बढन सरकारलाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले वस्तु तथा सेवाको उत्पादनमा जोड दिएर आवश्यक योजना बनाउन पनि सरकारलाई सुझाव दिए । आईतबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै...
मुलुकी संहितासम्बन्धी विधेयक २०७५ पेश
काठमाडौं १० चैत्र । प्रतिनिधिसभामा ‘मुुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५ पेश भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उक्त विधेक पेश गरेका हुन् । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका तर्फबाट कानून, न्याय तथा...
प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने
काठमाडौँ, १० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधिनिधिसभामा अपराह्न ३ बजे सम्बोधन गर्ने भएको छ । बैठकलाई प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन पनि आजै अन्त्य हँुदैछ ।
विकृति र विसङ्गतिको अन्त्य गर्न महिला स्वयं लाग्नुपर्ने : मन्त्री थापा
काठमाडौँ, ९ चैत्र । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले समाजमा विद्यमान लैङ्गिक भेद्भाव, विकृति र विसङ्गतिको अन्त्य गर्न महिला स्वयं लाग्नुपर्ने बताएकी छिन् । शनिबार आयोजित महिला अधिकार तथा विकास केन्द्रको २५ औँ रजत जयन्तीका आवसरमा मन्त्री थापाले विकृति र विसङ्गतिको अन्त्य गर्न महिला स्वयं लाग्नुपर्ने बताएकी...
विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाउनु गलत : नेता पौडेल
सिन्धुली, ९ चैत्र । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको बताएका छन् । आज नेपाल प्रेस युनियन सिन्धुलीले आयोजना गरेकोे पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले अहिलेको सरकार एक वर्षको अवधिमा पूर्ण असफल भएको बताए । “ठूला आयोजना, सेनाको अधिकार...










