राजनीति/ समाज
प्रधानमन्त्रीकाे निर्देशनलगत्तै गृहमन्त्री निस्किए छड्केमा, विमानस्थलका कर्मचारी कार्यकक्षमा भेटिएनन्, कारबाही गर्ने चेतावनी
काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा अाेलीकाे विशेष निर्देशनलगत्तै गृहमन्त्री रामबहादुर थापा बादलले कामकाे गतिलार्इ तीव्रता दिएका छन् । यसक्रममा गृहमन्त्री बादलले अाज दिउँसाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘छड्के’ जाँच गरेका छन् । कसैलार्इ जानकारी नदिर्इ उनी एक्कासी विमानस्थलमा पुगेका थिए । गृहमन्त्री विमास्थल पुग्दा अध्यागम विमाग र अन्तर्राष्ट्रिय उडानतर्फको कक्षका...
हेटौँडा अस्पतालमा किन गए प्रचण्ड ?
हेटौँडा, ६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज साँझ हेटौँडा अस्पतालमा पुगेका छन् । त्यस अघि हेटौँडामा भएको एक कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौँडा नै हुने बताउँदै हेटौँडा तताएका उनले एकाएक हेटौँडा अस्पतालमा पुगेर हेटौँडावासीलाई चकित पारिदिएका छन्...
प्रचण्डको उद्घोष : ‘३ नम्बर प्रदेशको राजधानी हेटौँडा नै हो’
हेटौँडा, ६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौँडा नै हुने बताएका छन् । आज हेटौँडामा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले हेटौँडाबाट स्थायी राजधानी दायाँबायाँ नसर्ने बताएका हुन् । उनले हेटौँडाबाट कुनै पनि हालतमा दायाँबायाँ...
प्रदेश ३ का सामाजिक विकास मन्त्री दुलालले यसरी गाए प्रचण्ड र गिरिजाको गुणगान
चितवन, ६ चैत । प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले पुष्पकमल दाहाल प्रचण्ड र स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सकारात्मक सोचले गर्दा नै आजको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् । चितवनको भरतपुरमा आज आयोजित ‘समाज रुपान्तरणका लागि सकारात्मक सोच’ विषयक प्रवचन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश मन्त्री...
वनलाई उद्योगका रुपमा स्थापित गर्न वनमन्त्रीको जोड
चितवन, ६ चैत । प्रदेश नम्म ३ का उद्योग पर्यटन तथा वनमन्त्री अरुण नेपालले वनलाई उद्योगको रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । नेपाल वन पैदावर उद्योग व्यावसायी महासंघको प्रथम साधारण सभामा बोल्दै मन्त्री नेपालले वनलाई उद्योगको रुपमा स्थापित गर्न आवश्यक रहेको औंलाउँदै सम्पन्नशाली देश हुनका लागी जनता पनि सम्पन्न...
३ नम्बरसहित सबै प्रदेशका मूख्यमन्त्रीलाई काठमाडौँ बोलाइयो
मकवानपुर । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलसहित सबैलाई प्रधानमन्त्रीले काठमाडौँ बोलाएका छन् । प्रदेशमा सरकार गठनको महिना दिन वित्दासमेत प्रदेश सरकारले स्रोत साधनको अभावका कारण काम गर्न नसकेको गुनासा मूख्यमन्त्रीहरुबाट आउन थालेपछि त्यसलाई सहजीकरण गर्न प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मूख्यमन्त्री,प्रमुख सचिव तथा सरकारको कानूनी सल्लाहकारलाई काठमाडौँ बोलाएका...
फोरम र वाम सम्बन्धको जोड घटाउ : लिखित सम्झौता अन्यौल
काठमाडौँ, ५ चैत । संघीय समाजवादी फोरमसँग लिखित सम्झौता गर्न वाम गठबन्धन ईच्छुक नदेखिएको बताइएको छ । संविधान संशोधनका बुँदा उल्लेख गरेर लिखित सहमति गर्ने कुरामा प्रधानमन्त्री सहित सत्तारुढ गठबन्धन इच्छुक नदेखिएपछि संघीय समाजवादी फोरमको सत्तारोहण लम्बिने संकेत देखिएको छ । राजपालाई रोकेर लिखित सहमति सहित एक्लै सरकारमा जान...
माओवादी केन्द्र निकट महिला तथा ट्रेड युनियनको कमिटि गठन
मकवानपुर, ४ चैत । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल क्रान्तिकारी महिला संघ मकवानपुरको हेटौँडा उपमहानगरपालिका कमिटि गठन भएको छ । रोजिता लम्साल अध्यक्ष रहने गरि ३३ सदस्यीय कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा नमूना पाण्डे, सचिवमा चमेली सिंजाली, सहसचिवमा अञ्जु थिङ र कोषाध्यक्षमा रिता थिङ रहेका छन्...
प्रचण्डले छाने मन्त्री बन्नेको नाम : बुहारी बिना मगरलाई खानेपानी मन्त्रालय
काठमाडौँ । माओवादी केन्द्रले पनि आफ्नो तर्फबाट सरकारमा सहभागी गराउने ५ जनाको नाम तय गरेको छ । प्रचण्डले उनकी बुहारी कंचनपुर, १ की साँसद बिना मगरलाई समेत मन्त्री बनाउने भएका छन् । बिनालाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । माओवादीका तर्फबाट बर्षमान पुन उर्जामन्त्री, गिरिराजमणि पोखरेल शिक्षामन्त्री, शक्ति...
एमालेले छान्यो प्रदिप ज्ञवाली पराराष्ट्र, गोकुल बाँस्कोटा सञ्चार राज्यमन्त्री
काठमाडौँ । नेकपा एमालेले आफ्नो तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम छनौट गरेको छ । एमालेले गोकर्ण बिष्टलाई श्रम तथा रोजगार, रविन्द्र अधिकारीलाई पर्यटन, प्रदिप ज्ञवालीलाई पराराष्ट्र, जगत विश्वकर्मा युवा तथा खेलकुद,रघुवीर महासेठ भौतिक पुर्वाधार,गोकुल बास्कोटा सूचना तथा सन्चार राज्यमन्त्री बनाउने भएको छ । राज्य मन्त्री भएका बाँस्कोटा लामो समय...