नेकपाका अध्यक्ष प्रचण्ड आज स्वदेश फर्किँदै
काठमाडौं १४ चैत्र । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज स्वदेश फर्किदै छन् । श्रीमती सीता दाहालको स्वास्थ्योपचार पश्चात अमेरिकामाबाट आज स्वदेश फर्किन लागेका हुन् ।
अध्यक्ष, अध्यक्षका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली इतिहाद एयरवेजबाट आज अपरान्ह ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।
