राजनीति/ समाज

राष्ट्रियसभाको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ पारित

काठमाडौं ८ चैत्र । राष्ट्रियसभाको आजको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ पारित गरेको छ । संशोधन प्रस्तावकर्ता सांसद राधेश्याम अधिकारीले राखेको प्रस्तावलाई अस्वीकृत गर्दै बहुमतले सो विधेयक पारित भएको हो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक राष्ट्रियसभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पेश गरेकोे...

प्रधानमन्त्री ओलीद्वारा गौतम बुद्ध विमानस्थलको अनुगमन

बुटवल ८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । रुपन्देहीका बिभिन्न कार्यक्रममा सहभागी हुन गएका ओलीले शुक्रबार निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका हुन् । विमानस्थलको अनुगमन गर्दै प्रधानमन्त्री ओलीले भोलिका दिनमा यस विमानस्थल अन्तर्राष्ट्रिय उडानले खचाखच भरिने दावी...

सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जान्छ : नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन् । सरकारको गलत कामका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिहरुलाई गाह्रो भएको गुनासो पनि उनले गरे । शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य सिंहले भने, ‘केपी ओलीजी के भन्नुहुन्छ भने म पनि भ्रष्टाचार गर्दिनँ,...

चैत्र मसान्तभित्र बेरोजगारको नाम दर्ता गर्न आह्वान

काठमाडौँ, ७ चैत्र । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहलाई आफ्नो तहमा रहेका बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रधानमन्त्री रोगजार कार्यक्रम शाखाका उपसचिव डा लोकनाथ भुसालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमार्फत सबै स्थानीय तहलाई बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन दिएका हुन्...

राष्ट्रपति भण्डारीद्वारा ५ आयोगमा अध्यक्ष नियुक्त

काठमाडौं ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छिन् । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा.शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको...

गणतन्त्र र सङघीयता जनआन्दोलनको संरक्षण गर्नु सबैको साझा दायित्व : महामन्त्री कोइराला

चितवन, ७ चैत्र । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि हो, मैले यसमा जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने...

साना पूँजी जुटाएर ठूला आयोजना बनाउन सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका साना साना पूँजी सङ्कलित गरेर ठूला आयोजनामार्फत आफ्नो मुलुक आफैँ बनाउन सकिने बताएका छन् । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ भन्ने नारासहित जनताको जलविद्युत कार्यक्रमअन्तर्गत ‘त्रिशूली बी’ को शेयर आवेदन शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएकमा हुन्...

अन्नपूर्णको समाचार – अब जनमत संग्रह : शशांक कोइराला

काठमाडौं : कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र, संघीयता र धर्मका बारेमा जनमत संग्रह गर्नुपर्ने बताएका छन्। होलीका अवसरमा बुधबार आफ्नै निवासमा आयोजित कार्यक्रममा कोइरालाले भने, ‘धर्म निरपेक्षता मात्रै होइन, संघीयता र गणतन्त्रबारे जनमत संग्रह गरेर जनताको इच्छा बुझ्न आवश्यक हुन्छ र सकिन्छ। धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रका लागि जनमत...

नागरिक दैनिकको समाचार : विप्लव समूहविरुद्ध प्रहरीको आक्रामक अपरेसन

काठमाडौं – सरकारले नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) समूहका गतिविधिलाई रोक लगाएपछि प्रहरीले आक्रामक अपरेसन सुरु गरेको छ। विप्लव समूहले पहाडी जिल्ला केन्द्रित गतिविधिलाई तीव्र बनाएसँगै प्रहरी प्रधान कार्यालयले पनि तिनै जिल्लामा अपरेसन केन्द्रित गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। प्रहरीले आवश्यकताअनुसार नियन्त्रित अनुसन्धान प्रविधि (कन्ट्रोल डेलीभरी) र...

विकास समितिको बैठक स्थगित

काठमाडौं ४ चैत्र । संसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित भएको छ । बहुबर्षीय आयोजनाको कामबारे जानकारी लिने उद्देश्यका साथ बोलाइएको विकास तथा प्रविधि समितिको सोमबारको बैठक मन्त्री महासेठ अनुपस्थित भएपछि स्थगित गरिएको हो । समितिको बैठकमा बहुवर्षीय आयोजनाको काम रोकिनुको कारणबारे जानकारी लिन भौतिक पूर्वाधार तथा यातायात...