राजनीति/ समाज
संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित
काठमाडौं १५ चैत्र । संसदीय सुनुवाई विशेष समितिको आईतबार बोलाइएको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आग्रह गरेपछि प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको सुनुवाई प्रक्रिया सुरु गर्न बोलाइएको बैठक काँग्रेसको आग्रहमा मंगलबार दिउँसो २ बजे बस्नेगरी दुई दिन पछि सारिएको हो । बैठकमा नेपाली...
‘समृद्ध नेपाल सुखी नेपाली’ को अभिभयानमा सबै लाग्नुपर्ने प्रधानमन्त्रीको भनाई
काठमाडौं १७ चैत्र । प्रधानमन्त्री केपी ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभिभयानमा सवै लाग्नुपर्ने बताएका छन् । आईतबार रिपोटर्स क्लको २१ औ बार्षिकात्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिलापहिला अधिकार प्राप्ती र राजनीतिक आन्दोलनमा केन्द्रीत हुनुपरे पनि अब ति अधिकार प्राप्त भइसकेकाले अब ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभिभयानमा...
हेटौँडा अस्पतालबाट मुख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रम सुरु
मकवानपुर, १७ चैत । प्रदेश नं. ३ सरकारले आजबाट मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गरेको छ । हेटौंडा अस्पतालबाट यसको सुरुवात गरिएको हो । विपन्न नागरिकलाई सरल स्वास्थ्य सेवा दिने गरी सरकारी अस्पतालबाटै सेवा सुरु गरिएको हो । यस क्रममा हेटौंडा अस्पतालमा आएका बिरामीको स्वास्थ्य परिक्षण गरेर यो...
मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम शुभारम्भ, मुख्यमन्त्री पौडेलले गरे उद्घाटन
मकवानपुर, १७ चैत । मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमको ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका छन् । आज पौडेलले कार्यक्रमको उद्घाटन गरेका हुन् । शुभारम्भ कार्यक्रममा प्रदेशका अन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, आर्थिक योजनामन्त्री कैलाश ढुङ्गेल, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे...
३ नम्बर प्रदेशको हिउँदे अधिवेशन आजबाट, राजधानीको विषयले प्रवेश पाउँदै
मकवानपुर १७ चैत । प्रदेश नम्बर ३ को हिउँदे अधिवेशन आजबाट सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । दिउँदे अधिवेशनमा लामो समयदेखि प्रदेशवासीको चासोको रुपमा रहेको राजधानीको विषयले पनि प्रवेश पाउने बुझिएको छ । राजधानी हेटौंडानै रहने वा अन्यत्र सार्ने भन्ने विषयमा र नामाकरणको विषयमा आजबाट सुरु हुने अधिवेशनमा...
उद्योगमन्त्री यादवविरुद्ध किन भईरहेछ दुष्प्रचार ?
मकवानपुर १६ चैत । विगतमा उद्योग मन्त्रालयको नेतृत्वमा लगानी सम्मलेन हुन्थ्यो । यो परम्परालाई अन्त्य गर्दै यसपाली सरकारले लगानी सम्मेनको नेतृत्व अर्थ मन्त्रालयलाई सुम्पियो । सोही अनुरुप लगानी सम्मेलन सफल तुल्याउन गठित निर्देशक समितिको संयोजकको जिम्मा अर्थमन्त्री डा युवराज खतिवडाले पाए । आफ्नो मन्त्रालयले सम्मेलन हाँक्न नपाएकोमा उद्योगमन्त्री मातृकाप्रसाद...
विप्लवको जिल्ला नेता समाउन प्रहरीको ‘हाइ अलर्ट’
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता खोज्न सर्च अभियान चलाएको छ । सादा तथा प्रहरी पोशाकमा जिल्लाभरि प्रहरी परिचालन र सर्च तीब्र पारिएको प्रहरी स्रोत बताउँछ । प्रहरीले ‘सूत्र’ हरुको प्रयोग गरी विप्लव नेता कार्यकर्ता खोजिरहेको बताएको छ । उसले केही दिन अघि...
निर्धक्कका साथ नेपालमा लगानी गर्नुहोस् : अर्थमन्त्री खतिवडा
काठमाडौं १५ चैत्र । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी अनुकुल वातावरण बनेकाले निधक्कका साथ नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आव्हान गरेका छन् । राजधानीमा आयोजित लगानी सम्मेलन २०१९ का सहभागीलाई स्वागत गर्दै मन्त्री अर्थमन्त्री खतिवडाले स्थिर सरकारसँगै मुलुकमा संघीयताको सफल कार्यान्वयन भइसकेकाले लगानीको लागि नेपालमा उपयुक्त वातावरण बनेको बताए...
विप्लव नेतृत्वको नेकपाको कार्यालय भवनमाथि प्रहरीले डोजर चलायो
बुटवल– रुपेन्देहीस्थित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यालयमाथि प्रहरीले डोजर चलाएको छ । बुटवलको पाल्पारोडस्थित ‘रातो घर’मा प्रहरीले डोजर लगाएर भत्काएका हो । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले केही दिन अगाडी सो कार्यालयमा ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरु कब्जामा लिएको थियो । उक्त भवन विगत १३...
मित्र र शुभचिन्तकसँगको साझेदारीबाट नेपालको विकास प्रक्रिया द्रुत गतिमा अघि बढ्ने : प्रधानमन्त्री ओली
काठमाडौँ, १५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र र शुभचिन्तकसँगको साझेदारीबाट नेपालको विकास प्रक्रियालाई द्रुतगतिमा अघि बढाउन सकिने बताएका छन् । राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नववर्ष २०७५ को पहिलो दिन रारा तालबाट नेपाली जनतालाई सम्बोधन...










