राजनीति/ समाज
रेडियो नेपाल र नेपाल टेलिभिजन गाभेर पिएसबीमा रुपान्तरित हुने
काठमाडौं २० चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा रुपान्तरित हुने भएकाले सोही अनुरुपको मनस्थिति बनाउन सम्बन्धित कर्मचारीलाई आग्रह गरेका छन् । रेडियो नेपालको ६९ औँ वार्षिकोत्सवका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले प्राविधिकरुपमा आधुनिक र...
विकास परिषदको दुईदिने बैठक सुरू
काठमाडौं २० चैत्र । बुधबार (आज) देखि राजधानीमा राष्ट्रिय विकास परिषदको दुईदिने बैठक सुरु भएको छ । दुईदिनसम्म चल्ने बैठकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । होटल सोल्टीमा आयोजना गरिएको बैठकमा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, कांग्रेस उपसभापति विजयकुमार गच्छदारलगायतको उपस्थिति...
मुख्यमन्त्रीको स्कटिङ मोह, हेटौँडा वडा प्रहरीको भ्यान दिनभरि २ नम्वर प्रदेशमा
मकवानपुर, १९ चैत । वडा र जिल्ला प्रहरी कार्यालयको कामै भिआइपीहरुको अघिपछि लाग्ने भएको छ । भिआइपीहरुको सुरक्षाको नाममा अनावश्यक स्कटिङ गर्नुपरेपछि अन्य घटनाहरुमा लाग्न प्रहरीलाई हम्मेहम्मे परेको छ । सिमित स्रोतसाधनको अभावमा दिनरात नागरिक सुरक्षाका लागि खटिनुपर्ने प्रहरी मुख्यमन्त्री, मन्त्री तथा अन्य बिशिष्ठको स्कटिङमा व्यस्त हुनु परिरहेको छ...
बारा–पर्सा हावाहुरीमा मृतक परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा
बारा १९ चैत्र । बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएको परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका छन् । मंगलबार बाराको फेटा गाउँपालिका–६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई ५/५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले मधेस शोकमा...
बारा–पर्सामा विपत्तिमा परेका स्थानीयको उद्धार, राहतमा तन, मन र धनले लाग्न पार्टी पंक्तिलाई आह्वान : डा. भट्टराई
मकवानपुर १९ चैत्र । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले बारा–पर्सामा विपत्तिमा परेका स्थानीयको उद्धार, राहत र पुनस्थापनामा तन, मन र धनले लाग्न पार्टी पंक्तिलाई आह्वान गरेका छन् । डा. भट्टराईले पार्टी पंक्तिमा तीन बुँदे सर्कुलर जारी गर्दै भनेका छन् ‘बारा–पर्सामा भीषण आँधिबेहरीले पुर्याएको अकल्पनीय क्षतिप्रति हाम्रो...
राष्ट्रपति भण्डारीद्वारा दु : ख व्यक्त
मकवानपुर १८ चत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ बारा र पर्सालगायत जिल्लामा भीषण हावाहुरीका कारण ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दैैै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज वक्तव्यमार्फत दु : ख व्यक्त गरेका हुन् । प्राकृतिक विपत्तिमा परी ठूलो संख्यामा जनसमुदाय घाइते भएकामा सहानुभूति...
राजपा नेपालले हावाहुरी प्रभावितलाई राहतस्वरुप ५ लाख सहयोग गर्ने
काठमाडौँ १८ चैत । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश नं. २ को बारा र पर्सामा आइतबार आएको हावाहुरी प्रभावितहरुका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । राजपा नेपाल अध्यष मण्डलका अध्यक्ष सरदसिंह भण्डारीले सोमबार एक विज्ञप्ति जारी गर्दै पीडितहरुका लागि पार्टीले राहतस्वरुप ५ लाख रुपैयाँ उपलव्ध गर्ने...
सूचना प्रविधि विधेयकमा सहमति खोज्न उपसमिति गठन
काठमाडौं १८ चैत । संसदको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेयकमाथि परेका संशोधन प्रस्तावमाथि छलफल गरी प्रतिवेदन तयार गर्न ७ सदस्यीय उपसमिति गठन गरेको छ । सोमबार बसेको बैठकले १ महिनाभित्र प्रतिवेदन बुझाउने गरी ७ सदस्यीय उपसमिति गठन गरेको हो । ७ सदस्यीय उपसमितिमा सांसदहरु राजेन्द्र लिंदेन, इन्दु...
देशले छिट्टै समृद्धिको लक्ष्य हासिल गर्ने : प्रधानमन्त्री ओली
दमक, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन नेपाल विकासको तीव्र गतिमा अघि बढेको बताएका छन् । देशमा चौतर्फी विकास हुँदैआएको उल्लेख गर्दै उनले अब देशले छिट्टै समृद्धिको लक्ष्य हासिल गर्ने बताए । झापाको दमक–७ स्थित पशुहाट क्षेत्रमा नवनिर्मित पशुपक्षी हाटबजारको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन...
आन्तरिक विवादले काँग्रेस कमजोर भयो : सभापति देउवा
बुटवल । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले आन्तरिक विवादले काँग्रेस कमजोर भएको बताएका छन् । नेपाली काँग्रेस गुल्मीको प्रथम ऐतिहासिक जिल्ला सम्लेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । देउवाले काँग्रेस पार्टीभित्रको आन्तरिक विवादले आफुहरु कमजोर भएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका उनले एक नेपाली काँग्रेस...









