बारा–पर्सामा विपत्तिमा परेका स्थानीयको उद्धार, राहतमा तन, मन र धनले लाग्न पार्टी पंक्तिलाई आह्वान : डा. भट्टराई

तु खबर संवाददाता
२०७५ चैत्र १९, मंगलवार ११:१२

मकवानपुर १९ चैत्र । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले बारा–पर्सामा विपत्तिमा परेका स्थानीयको उद्धार, राहत र पुनस्थापनामा तन, मन र धनले लाग्न पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

डा. भट्टराईले पार्टी पंक्तिमा तीन बुँदे सर्कुलर जारी गर्दै भनेका छन् ‘बारा–पर्सामा भीषण आँधिबेहरीले पुर्याएको अकल्पनीय क्षतिप्रति हाम्रो पार्टी अत्यन्त दुस्खित छ र विपत्तिमा परेका जनताको उद्धार, राहत र पुनस्र्थापनामा सम्पूर्ण पार्टीपंक्ति तन, मन र धनले लागी पर्न जरूरी छ ।’

संयोजक डा. भट्टराईले प्रभावित क्षेत्र वरपरका जिल्ला र प्रदेशका पार्टी युनिटहरुलाई उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन् ।