बारा–पर्सा हावाहुरीमा मृतक परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा

तु खबर संवाददाता
२०७५ चैत्र १९, मंगलवार १५:०६
file-photo

बारा १९ चैत्र । बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएको परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ दिने  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका छन् ।

मंगलबार बाराको फेटा गाउँपालिका–६ बरैनियाँ पुगेका प्रचण्डले मृतक परिवारलाई ५/५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

उनले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने धारणा पनि राखे । प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटेका थिए ।