सूचना प्रविधि विधेयकमा सहमति खोज्न उपसमिति गठन
काठमाडौं १८ चैत । संसदको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेयकमाथि परेका संशोधन प्रस्तावमाथि छलफल गरी प्रतिवेदन तयार गर्न ७ सदस्यीय उपसमिति गठन गरेको छ ।
सोमबार बसेको बैठकले १ महिनाभित्र प्रतिवेदन बुझाउने गरी ७ सदस्यीय उपसमिति गठन गरेको हो ।
७ सदस्यीय उपसमितिमा सांसदहरु राजेन्द्र लिंदेन, इन्दु शर्मा, बहादुरसिंह लामा, अनिल झा, केदार सिग्देल, विना श्रेष्ठ र गौरीशंकर चौधरी सदस्य रहेका छन् ।
