विकास परिषदको दुईदिने बैठक सुरू
काठमाडौं २० चैत्र । बुधबार (आज) देखि राजधानीमा राष्ट्रिय विकास परिषदको दुईदिने बैठक सुरु भएको छ । दुईदिनसम्म चल्ने बैठकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।
होटल सोल्टीमा आयोजना गरिएको बैठकमा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, कांग्रेस उपसभापति विजयकुमार गच्छदारलगायतको उपस्थिति रहेको छ ।
बैठकमा सहभागी हुन तीनै तहका सरकारी अधिकारीहरु पनि आइपुगेका छन् ।पन्ध्रौं योजनाको आधारपत्रलाई बैठकले अन्तिम रुप दिने राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रूपाखेतीले जानकारी दिए ।
