निर्धक्कका साथ नेपालमा लगानी गर्नुहोस् : अर्थमन्त्री खतिवडा
काठमाडौं १५ चैत्र । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी अनुकुल वातावरण बनेकाले निधक्कका साथ नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आव्हान गरेका छन् ।
राजधानीमा आयोजित लगानी सम्मेलन २०१९ का सहभागीलाई स्वागत गर्दै मन्त्री अर्थमन्त्री खतिवडाले स्थिर सरकारसँगै मुलुकमा संघीयताको सफल कार्यान्वयन भइसकेकाले लगानीको लागि नेपालमा उपयुक्त वातावरण बनेको बताए ।
लगानी सम्मेलनका संयोजकसमेत रहेका अर्थमन्त्री खतिवडाले विदेशी लगानी सम्बन्धी कानुनी जटिलताको अन्त्य भएको तथा लगानीका दृष्टिले प्रसस्त संभावना बोकेको मुलुक भएकाले निर्धक्कको साथ लगानी गर्न आग्रह गरे ।
सरकारले अघि सारेको सम्मृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न स्वदेशी पूँजी र प्रविधि प्रर्याप्त नभएकाले विदेशी लगानीका लागि आव्हान गरिएको बताए ।
